२२ माघ २०८२, बिहिबार | February 5, 2026

पछिल्लो २४ घण्टामा देखिएनन् कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो । अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् ।

यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो । अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २४ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ५ : ०९ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा