४ पुस २०८२, शुक्रबार | December 20, 2025

पछिल्लो २४ घण्टामा देखिएनन् कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो । अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् ।

यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो । अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २४ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ५ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको