१५ चैत्र २०७९, बुधबार | March 29, 2023

२५६४ औँ बुद्ध जयन्तीको अवसरमा दीपावली



काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले जन्म लिनुभएको थियो ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छाडी दुःख निवारणका कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पु¥याउनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् । सरकारले कोरोनाबाट बच्ने शक्ति प्राप्तिका लागि प्रार्थना गर्न आह्वान गरेको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताउनुभयो ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गर्नुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।
–––

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ८ : ४९ बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको