२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति



भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ ।

केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।”

मुख्यमन्त्री केजरीवालले उहाँको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेख्नुभएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ८ : ५३ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा