१८ चैत्र २०७९, शनिबार | April 1, 2023

आजको मौसम : सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भु-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको पूर्वी भू-भागका केही स्थानहरूका साथै मध्य र पश्चिमका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पूर्वी भु-भागमा सामान्य बदली हुनेछ भने मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ३६ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि