९ चैत्र २०८२, सोमबार | March 24, 2026

स्वास्थ्य सुरक्षा मापदण्ड पालनासहित संघीय संसदको बजेट अधिवेशन सुरु हुँदै



काठमाडौं । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ ।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भएअनुसार आज अपरान्ह ४ बजे संघीय संसदका दुबै सदनको बैठक सुरु हुन लागेको हो ।

कोरोनाभाइरस संक्रमणको त्रासकै बीच अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ ।

संसद सचिवालयले अधिवेशन सुरु हुनु अधि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर बैठकस्थललाई सुरक्षित बनाएको जनाएको छ । बिहीबार सबै सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा कोरोना पोजेटिभ देखिएका सांसदहरुलाई बैठकस्थलमा प्रवेश अनुमति नदिने संसद सचिवालयले जनाएको छ ।

यस अधिवेशनको पहिलो मुख्य काम सरकारको नीति तथा कार्यक्रम पास गर्नु हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते दुवै संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । नीति तथा कार्यक्रममाथि केही दिन छलफल भएपछि त्यसैअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८को बजेट विनियोजन सार्वजनिक गर्नुहुनेछ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसअघि प्रि बजेट छलफल बैशाख २८ गते आइतबारबाट हुनेछ । बजेट पेश गर्नुअघि १५ दिन अघि नै संसदमा प्रि–बजेटबारे छलफल गर्नुपर्ने नियामावली अुनसार बैशाख २८ गतेबाट प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको हो। प्रिबजेट छलफल सकेपछि सरकारको नीति तथा कार्यक्रम पेश गर्नेगरी तयारी भएको छ ।

प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रि–बजेट छलफल गर्ने संसद सचिवालयले कार्यसूची तय गरेको छ । प्रतिनिधि सभामा २८ देखि ३० र राष्ट्रिय सभामा २८ र २९ वैशाखमा प्रि–बजेटमाथिको छलफल सक्ने तयारी छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ५९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११