१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

असिनापानीले अन्नबाली सखाप, भोकमरीको चिन्तामा किसान



असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताउनुभयो ।

“अन्नबालीसँगै तरकारीमा समेत क्षति पु-याएको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो”, उहाँले भन्नुभयो, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ ।”

“अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन । पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भन्नुभयो । भित्र्याइएको खेतीसमेत नोक्सानी हुने भएको छ । बुधबार साँझ आएको असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ । नौगाड गाउँपालिका वडा नं ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ । नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्कअनुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ ।

असिनापानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्नबालीमा क्षति पु¥याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहेनत खेर गएको उहाँले बताउनुभयो । वडा नं २ र ३ मा बढी खेतीबाली नोक्सानी भएको छ । गाउँपालिकाले शुक्रबारसम्म क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने तयारी गरेको अध्यक्ष धामीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले पनि ४८ घण्टाभित्रै क्षतिको विवरण माग गरेको छ । सोहीअनुसार गाउँपालिकाले सबै कर्मचारी परिचालन गरी हरेक बस्तीबाट क्षतिको यकिन विवरण सङ्कलन गरिने अध्यक्ष धामीको भनाइ छ । यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नं २ राप्ला र वडा नं ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पु¥याएको जनाइएको छ । योपटक असिनापानी बढी आउँदा किसान निरास भएका छन् ।

गहुँबाली भित्र्याउन समस्या

केही दिनयता मौसममा आएको खराबीका कारण दार्चुलाका किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।

जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको किसानले बताएका छन् । एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न समस्या भएको अपिहिमालका किसान हरि लोथ्यालले बताउनुभयो । पानीका कारण भित्र्याइएको खेती सुकाउन पाइएको छैन, घरभित्रै सड्ने अवस्थामा पुगेको छ । यो वर्ष बढी पानी परेको कारण गहुँ उत्पादन पनि घटेको छ ।

यसैबीच दार्चुलाबाट निर्वाचित सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा भएको कृषिजन्य क्षतिबारे बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई असिनापानीका कारण पारेको क्षतिबारे जानकारी गराउँदै राहत तथा क्षतिपूर्तिका लागि व्यवस्थापन गर्न आग्रह गर्नुभएको सांसद ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँले खाद्यान्न सङ्कट समाधानका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो ।

असिनापानीले अन्नबालीमा क्षति

जुम्ला– हिमा गाउँपालिका–२ ओदीमा दिउँसो परेको असिनापानीले अन्नबालीमा क्षति पुगेको छ । किसानले लगाएको स्याउ, लसुन, जौ, आरु र ओखरमा क्षति पुगेको वडाध्यक्ष नैनसिंह रोकायाले जानकारी दिनुभयो । “असिनापानीले गर्दा लाखौँको क्षति पुगेको छ, लकडाउनको समयमा अन्नबाली कुरी बसेका किसान निरास भएका छन्”, उहाँले बताउनुभयो ।

घरमा भित्र्याउन लागिएको अन्नबालीमा असिनापानीले क्षति गरेपछि किसान चिन्तित छन् । असिनापानीले वर्षे फलपूmल पूर्णरूपमा क्षति गरेको छ । स्याउका चिचिला असिनापानीले पूरै झारेको छ । ओदी गाउँमा रहेका २१२ घरधुरीमध्ये प्रत्येक घरमा स्याउ बगैँचा छन् । असिनापानीले यस वर्ष स्याउबाट नसोचेको घाटा हुने अध्यक्ष रोकाया बताउनुभयो । किसानले वर्षभरि गरेको दुःख असिनापानीले नष्ट गरिदिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ०७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले