२२ भदौ २०८३, सोमबार | September 7, 2026

चीनमा रहेका हजार बढी अमेरीकी उद्योग भारत सार्न भारतीय प्रयास



बुटवल । यतीबेला कोरोना भाइरसले विश्वका धेरैजसो देशहरूमा विनाशको सिकार बनाईरहेको छ । यस खतरनाक भाइरसको कारण अहिलेसम्म करीव २ लाख ७० हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरसले सबैभन्दा बढी असर पुर्याएको छ भने त्यो अमेरिका हो, जहाँ १,२९२,८५० संक्रमित छन् भने ७६,९३८ जनाले आफ्नो ज्यान गुमाएका छन्।

अमेरिकाले संक्रमणले बिश्वब्यापी महामारीको रुप लिएसंगै घातक भाइरसलाई सारा संसारभर फैलाउन चीनलाई दोष लगाइरहेको छ। फलस्वरूप, दुई देश बीचको व्यापार र कूटनीतिक सम्बन्ध बिग्रने सम्भावना देखिएको छ । पछिल्ले गतिबिधिले अमेरीका र चीनको आर्थिक सम्बन्ध बिग्रेको अवस्थामा भारतले यसबाट फाइदा लिन प्रयास थालेको संकेतहरु देखा परेकाछन् ।

अमेरीकाले चीनमा रहेको आफ्ना उद्योगहरु हटाउने संकेत गरेको बिषयलाई भारतले यो व्यापार युद्धको फाइदा उठाउने प्रयास सुरु गरेको भारतीय अखबार अमर उजालाले दाबी गरेको छ । पत्रिकाका अनुसार भारतले अमेरिकी कम्पनीहरूलाई चीनबाट भारत ल्याउने प्रयास सुरु गरेको छ। भारतीय अधिकारीहरूको हवाला गर्दै अमर उजालाले भारत सरकारले अप्रिलमा १,००० भन्दा बढी अमेरिकी निर्माण कम्पनीहरूसँग सम्पर्क राखेको र उनीहरूलाई चीनबाट व्यापारिक गतिविधि हटाएर भारत आउँदा हुने फाइदाहरूको बारेमा जानकारी दिएको दाबी गरेको छ । यी कम्पनीहरूले ५०० भन्दा बढी उत्पादनहरू बनाउँछन्। सरकारको मुख्य ध्यान मेडिकल उपकरण आपूर्तिकर्ता, खाद्य उत्पादन, कपडा, छाला र अटो पार्ट्स उत्पादकहरूलाई आकर्षित गर्नेतर्फ केन्द्रित रहेको बताईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : १३ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको