६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

चीनमा रहेका हजार बढी अमेरीकी उद्योग भारत सार्न भारतीय प्रयास



बुटवल । यतीबेला कोरोना भाइरसले विश्वका धेरैजसो देशहरूमा विनाशको सिकार बनाईरहेको छ । यस खतरनाक भाइरसको कारण अहिलेसम्म करीव २ लाख ७० हजार मानिसहरूले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरसले सबैभन्दा बढी असर पुर्याएको छ भने त्यो अमेरिका हो, जहाँ १,२९२,८५० संक्रमित छन् भने ७६,९३८ जनाले आफ्नो ज्यान गुमाएका छन्।

अमेरिकाले संक्रमणले बिश्वब्यापी महामारीको रुप लिएसंगै घातक भाइरसलाई सारा संसारभर फैलाउन चीनलाई दोष लगाइरहेको छ। फलस्वरूप, दुई देश बीचको व्यापार र कूटनीतिक सम्बन्ध बिग्रने सम्भावना देखिएको छ । पछिल्ले गतिबिधिले अमेरीका र चीनको आर्थिक सम्बन्ध बिग्रेको अवस्थामा भारतले यसबाट फाइदा लिन प्रयास थालेको संकेतहरु देखा परेकाछन् ।

अमेरीकाले चीनमा रहेको आफ्ना उद्योगहरु हटाउने संकेत गरेको बिषयलाई भारतले यो व्यापार युद्धको फाइदा उठाउने प्रयास सुरु गरेको भारतीय अखबार अमर उजालाले दाबी गरेको छ । पत्रिकाका अनुसार भारतले अमेरिकी कम्पनीहरूलाई चीनबाट भारत ल्याउने प्रयास सुरु गरेको छ। भारतीय अधिकारीहरूको हवाला गर्दै अमर उजालाले भारत सरकारले अप्रिलमा १,००० भन्दा बढी अमेरिकी निर्माण कम्पनीहरूसँग सम्पर्क राखेको र उनीहरूलाई चीनबाट व्यापारिक गतिविधि हटाएर भारत आउँदा हुने फाइदाहरूको बारेमा जानकारी दिएको दाबी गरेको छ । यी कम्पनीहरूले ५०० भन्दा बढी उत्पादनहरू बनाउँछन्। सरकारको मुख्य ध्यान मेडिकल उपकरण आपूर्तिकर्ता, खाद्य उत्पादन, कपडा, छाला र अटो पार्ट्स उत्पादकहरूलाई आकर्षित गर्नेतर्फ केन्द्रित रहेको बताईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : १३ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन