९ चैत्र २०८२, सोमबार | March 24, 2026

संसद सुरु हुनु अघि अमेरिकाले भन्यो, – एमसीसी सम्झौता जस्ताको तस्तै पारित होस



काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि अमेरिकाले संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिट्टै अनुमोदन हुने भएको हेर्न चाहेको बताएको छ ।

गत संसद अधिवेशनबाट सम्झौता पारित नभएकोमा असन्तुष्ट अमेरिकाले अधिवेशन सुरु हुनु अघि अमेरिकाले एमसीसी पारित हुनेमा विश्वास जनाएको हो । आफ्नो पुरानै अडान कायम राख्दै अमेरिकाले सम्झौता पहिलेको अवस्थामै अनुमोदित हुनुपर्ने अडान पनि पुनः दोहोर्याएको छ ।

सत्तारुढ नेकपाको एमसीसी अध्ययन कार्यदलले भने सम्झौता परिमार्जन विना पास गर्न नसकिने सुझाव पार्टी नेतृत्वलाई दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी अर्मेन्टले सम्झौताले महत्वपूर्ण विद्युतीय र सडक पूर्वाधार निर्माणबाट नेपाली जनताको लागि फाइदाजनक हुने दाबी गर्नुभयो ।

अर्थ मन्त्रालयले २०७६ असार ३० मा संसदमा अनुमोदनको लागि दर्ता गरेको थियो । तर, सम्झौताको दस्ताबेजबारे विवाद उत्पन्न भएपछि सम्झौता संसदबाट अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने अडानमा हुनुहुन्छ । तर नेकपाका अधिकांश नेता यसको विरोधमा रहेका छन् । एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै यो अमेरिकाको रणनीतिक सुरक्षा योजना अन्तर्गत भएको सम्झौता विरोधी नेकपाका नेताहरुको तर्क रहेको छ ।

प्रमुख प्रतिपक्षी काँग्रेसले भने सम्झौता छिटो कार्यान्वयन हुनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : २० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११