२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

एनएमबी बैंक पुष्पलालपार्क शाखाद्वारा राहत बितरण



बुटवल । एनएमबी बैंक पुष्पलालपार्क शाखा बुटवलले मानवसेवा आश्रम बुटवललाइ राहत प्रदान गरेकोछ । कोरोना भाइरस ९ऋइख्क्ष्म्ज्ञढ० को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सहयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो ।

एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न।५ का संयोजक रुपा केसीलाइ खाद्य सामाग्री सहितको राहत प्रदान गर्नुभएको थियो । कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप १७ कट्टा चामल, २० लिटर खानेतेल र २८ केजी रहररमसुरोको दाल हस्तान्तरण गरिएको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो ।

बैंकले सामाजीक उत्तरदायित्व र मानविय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहात उपलब्ध गराएको हो । आश्रमको प्रदेश न.५ संयोजक रुपा केसिले जटिल परिस्थितिमा एनएमबी बैंकले गरेको सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानवसेवा आश्रमको रुपन्देही संयोजक सरु अधिकारी लगायत आश्रमका कर्मचारी एवम् एनएमबी बैंकका कर्मचारी धनबहादुर ठाडाको उपस्तिथि रहेकोथियो ।

एनएमबी बैंकले यसअघि करिब १ करोड एकाउन्न लाख नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने ७ ओटै प्रदेश सरकारलाइ सयरसय थान पिपिइ प्रदान गरेको छ । मुलुकभर रहेका विभिन्न शाखाहरुबाट समेत निरन्तर रूपमा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ४२ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका