२० श्रावण २०८३, बुधबार | August 5, 2026

एनएमबी बैंक पुष्पलालपार्क शाखाद्वारा राहत बितरण



बुटवल । एनएमबी बैंक पुष्पलालपार्क शाखा बुटवलले मानवसेवा आश्रम बुटवललाइ राहत प्रदान गरेकोछ । कोरोना भाइरस ९ऋइख्क्ष्म्ज्ञढ० को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सहयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो ।

एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न।५ का संयोजक रुपा केसीलाइ खाद्य सामाग्री सहितको राहत प्रदान गर्नुभएको थियो । कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप १७ कट्टा चामल, २० लिटर खानेतेल र २८ केजी रहररमसुरोको दाल हस्तान्तरण गरिएको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो ।

बैंकले सामाजीक उत्तरदायित्व र मानविय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहात उपलब्ध गराएको हो । आश्रमको प्रदेश न.५ संयोजक रुपा केसिले जटिल परिस्थितिमा एनएमबी बैंकले गरेको सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानवसेवा आश्रमको रुपन्देही संयोजक सरु अधिकारी लगायत आश्रमका कर्मचारी एवम् एनएमबी बैंकका कर्मचारी धनबहादुर ठाडाको उपस्तिथि रहेकोथियो ।

एनएमबी बैंकले यसअघि करिब १ करोड एकाउन्न लाख नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने ७ ओटै प्रदेश सरकारलाइ सयरसय थान पिपिइ प्रदान गरेको छ । मुलुकभर रहेका विभिन्न शाखाहरुबाट समेत निरन्तर रूपमा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ४२ बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल