२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतबाट नेपालको सार्वभौमिकतामाथि पुनः अतिक्रमण, लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन



काठमाडौं । बारम्बार नेपाली भूमी अतिक्रमण गरिरहेको भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको तिब्बत मानसरोवर जाने सडक एकपक्षीय रुपमा खुला गरेको छ ।

भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत सडकमा आवागमनको आरम्भ गरेका छन् । सडक उद्घाटन गरेको सिंहले शुक्रबार ट्विटरमा मार्फत गराएका छन्।

‘मानसरोवर यात्राको लिंक रोड उद्घाटन गर्न पाउँदा खुशी लागेको छ। बीआरओ ९बोर्डर रोड अर्गनाइनेसन०ले धार्चुलादेखि लिपुलेक (चीन सीमा) कैलाश मानसरोवर यात्रा रुटको रुपमा चिनिन्छ,’ सिंहले ट्विटरमा लेखेका छन्, ‘पिथौरागढदेखि गुन्जीसम्म जाने मोटरहरुको समूहलाई विदाई गर्दै सो रुटको उद्घाटन गरेको छु।’

गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि त्यसको नेपालमा ठूलो विरोध भएको थियो ।

भारत आफैले स्वीकार गरेको विवादित भूमिबाट नेपालको अनुमति विना सडक खुला गरेर नेपालको सार्वभौमिकता अतिक्रमण गरेको छ ।

नेपालले सीमासम्बन्धी विषय छलफल गर्न कैयौं पटक भारतलाई आग्रह गरेपनि भारतले वेवास्ता गर्दै आएको छ ।

भारतले नेपालको ठूलो क्षेत्रफल अतिक्रमण गरेर आफ्नो सैनिक क्याम्प खडा गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ३९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका