१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पीसीआर परीक्षणलाई व्यापक बनाउन राष्ट्रिय सभा सांसदहरुको माग



काठमाडौं । राष्ट्रिसभाका सांसदहरुले नेपालमा पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको छैठौँ अधिवेशनमा बोल्ने सांसदहरुले पिसिआर परीक्षण न्यून रहेको र विदेशमा रहेका नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले पीसिआर परीक्षणलाई ब्यापक बनाउन सरकारसँग आग्रह गर्नुभयो । भारतीय सीमा क्षेत्रमा नेपाली नागरिकहरु अलपत्र परेको, उपचार तथाा श्रम गर्न गएका नागरिकहरु भारत मै अलपत्र रहेकाले उनीहरुको उद्धारका लागि ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । साथै प्रवासमा रहेका नेपालहरुको विषयमा ध्यान दिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई परिवर्तित परिस्थित अनुसार ल्याउनुपर्नै बताउनुभयो । १० औं लाख युवाहरु विदेशमा रोजगारी गुमाएर सीमसहित स्वदेश फर्किने भएकाले उनीहरुको व्यवस्थापन हुनेगरी बजेट आउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । अब कृषि क्षेत्रलाई पहलिो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो

नेपाली कांग्रेस दलका नेता राधेश्याम अधिकारीले कोरोना महामारीका कारण मुलुकको अवस्था अन्यौलग्रस्त बनेको उल्लेख गर्दै स्वास्थ्य सामग्री अभावमा पर्याप्त परीक्षण हुन नसकेको बताउनुभयो । सीमा क्षेत्र र प्रवासमा रहेका नेपाली नागरिकहरुलाई कसरी भित्र्याउने भन्ने विषयमा सरकारको कुनै योजना नरहेको उहाँले बताउनुभयो । नागरिकको स्वदेश फर्किने पाउने अधिकारमाथि अवैध बन्देज सरकारले लगाएको आरोप सांसद अधिकारीले लगाउनुभयो ।

रेमिट्यानसमा चलेको मुलुकको सरकारले श्रमिकका पीडाहरु बुझ्न नसक्नु दुःखद रहेको उहाँको भनाई छ । याजनावद्ध रुपमा समयतालिका बनाएर स्वदेश फर्काउने कुरामा आश्वस्त पार्न नसके आफ्ठ्यारो परिस्थितिमा सरकारले आफ्नो उपस्थिति जनाउन सक्दैन भने सरकार किन चाहियो भन्ने प्रश्न उठ्ने उहाँले बताउनुभयो । लक डाउनको डेढ महिना वितेपनि पर्याप्त स्वास्थ सामग्री ल्याउन नसक्नु, सामान खरिदमा अनियमितताका कुरा बाहिर आउनु दुःखद भएकोले दैव भरोसा बाँच्नुपरेको उहाँले बताउनुभयो ।

परीक्षणको दायरा बढाउनुपर्ने, औषधि लगायत आवश्यक सामग्री यथसिघ्र उपलब्ध गराउनुपर्ने र भारत लगायत तेस्रो मुलुकमा रहेका नेपालीहरुको उचित व्यवस्थापन सहित फर्काउने व्यवस्था गर्न उहाँले सरकारसँग माग समेत गर्नुभयो ।

एसईई लगायतका परीक्षा सञ्चालनको विषयमा समेत प्रष्ट पार्न पनि उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो । आगामी आर्थिक वर्षको बजेट कृषिलाई टेवा पुग्ने गरी ल्याउन नसकिए भोकमरीको समस्या हुन सक्ने उहाँले बताउनुभयो । विदशेबाट आउने श्रमिकलाई ध्यान दिएर आगामी योजना बनाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता प्रमिला कुमारीले नेपालमा प्रयाप्त पिसिआर परीक्षण नभएकाले वास्तविक संक्रमितको तथ्याङ्क आउन नसकेको बताउनुभयो । भारतसँग सीमा जोडिएका तराईका क्षेत्रमा संक्रमणको उच्च जोखिम रहेकाले त्यसतर्फ ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । सांसद प्रमिला कुमारीले कोरोना रोकथामका लागि सरकारले छुट्टै ऐन कानून बनाएर अगाडी बढ्नुपर्नेमा दल फुटाउने कानून ल्याउन तर्फ सरकार अग्रसर भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको इस्र्यालु र संकिर्ण स्वभाव छर्लंग भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सुझबुझ नभएको महिला भएको समेत बताउनुभयो । राहत वितरण कार्यकर्तामुखि भएको, विदेशमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नुको सट्टा सरकार कमिसनमा रमाएको आरोप उहाँले लगाउनुभयो । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मासिक तलब दोब्बर बनाउनुपर्ने, जीवन बिमाको व्यवस्था र आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन समेत गर्न आग्रह गर्नुभयो । यस्तै सुरक्षाकर्मी र कोरोना नियन्त्रणका लागि खटिएका अन्य व्यक्तिहरुका लागि विशेष प्याकेज ल्याउन पनि आग्रह गर्नभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ३४ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को