७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाबुरामले मागे प्रधानमन्त्रीको राजीनामा



काठमाडौं । संसद चलेको पहिलो दिनमा नै संसदमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । आजबाट सुरुभएको बजेट अधिवेशनलाई शुभकामना दिन रोष्टमा पुग्नुभएका जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिनुभएको छ।

महामारीका बेला पार्टी फुटाउन लागेको, संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नेता भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो।

‘महामारी विरुद्ध लड्ने बेला सरकार रातभर पार्टी फुटाउन लाग्छ। संवैधानिक नियुक्तिमा कब्जा जमाउन खोज्यो। यो लोकतन्त्रका लागि शुभ संकेत होइन। यसले ठूलो अनिष्ठको संकेत गर्छ,’ संसद बैठकलाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो, ‘कुर्सीमा बस्दैमा कोही ठूलो हुँदैन। सत्ता प्रयोग गरेर महान हुँदैन। प्रधानमन्त्रीज्यू नैतिकता देखाउनुस्। अनावश्यक गतिविधिमा संलग्न भएर प्रधानमन्त्री आफैमाथि अन्याय भएको छ। अस्वस्थताको बेला लोकतन्त्र र आफ्नै छवि बचाउन राजीनामा दिन उपयुक्त हुन्छ। तपाईंको राजीनामाले समाज र लोकतन्त्रले गति लिन्छ। देशले निकास पाउँछ।‘

प्रधानमन्त्रीले आफ्ना नेताहरुसमक्ष अध्यादेश अर्को पार्टी फुटाउन ल्याएको भनेको सुन्नमा आएको बताउँदै नेता भट्टराईले यसबाट प्रधानमन्त्रीमाथि नैतिकताको ठूलो प्रश्न चिन्ह खडा भएको बताउनुभयो। ‘लकडाउनका बेला सांसदलाई रातारात किन ल्याउनुपर्यो ? यो प्रकरणको कानुनी प्रक्रियाबाट हल होस,’ उहांलेले भन्नुभयो, ‘जाहेरी नहुने भन्ने हुन्छ। पीडित माथि नै मुद्दा लगाउने ? यही हो लोकतन्त्र ? जो पीडित छ त्यसैलाई मुद्दा लगाउने ?’ अपहरणमा संलग्नलाई संरक्षण दिन नहुने र निष्कर्षमा पुर्‍याउने दायित्व सरकारको भएको उहांको भनाई छ।

पछिल्लो समय सरकारको छवि राम्रो नभएको र यसले राजनीतिलाई बदनाम गरिरहेको भन्दै उहांले जनतामा अविश्वास बढे खतरनाक हुने र देश प्रतिगमनतर्फ जाने खतरा बढ्ने चेतावनी पनि दिनुभयो।

बाबुरामले कोरोना परीक्षणको दायरा बढाउन, विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन, साना तथा मझौला उद्योगका लागि ठोस आर्थिक प्याकेज ल्याउन, श्रमिकलाई सरकारले नै ज्याला दिने व्यवस्था मिलाउन, अशक्त नागरिकलाई अभिलेख संकलन गरेर बैंक खातामार्फत पैसा पठाउने व्यवस्था गर्न उहांले सरकारसँग माग गर्नुभयो।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई