५ पुस २०८२, शनिबार | December 20, 2025

बाबुरामले मागे प्रधानमन्त्रीको राजीनामा



काठमाडौं । संसद चलेको पहिलो दिनमा नै संसदमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । आजबाट सुरुभएको बजेट अधिवेशनलाई शुभकामना दिन रोष्टमा पुग्नुभएका जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिनुभएको छ।

महामारीका बेला पार्टी फुटाउन लागेको, संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नेता भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो।

‘महामारी विरुद्ध लड्ने बेला सरकार रातभर पार्टी फुटाउन लाग्छ। संवैधानिक नियुक्तिमा कब्जा जमाउन खोज्यो। यो लोकतन्त्रका लागि शुभ संकेत होइन। यसले ठूलो अनिष्ठको संकेत गर्छ,’ संसद बैठकलाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो, ‘कुर्सीमा बस्दैमा कोही ठूलो हुँदैन। सत्ता प्रयोग गरेर महान हुँदैन। प्रधानमन्त्रीज्यू नैतिकता देखाउनुस्। अनावश्यक गतिविधिमा संलग्न भएर प्रधानमन्त्री आफैमाथि अन्याय भएको छ। अस्वस्थताको बेला लोकतन्त्र र आफ्नै छवि बचाउन राजीनामा दिन उपयुक्त हुन्छ। तपाईंको राजीनामाले समाज र लोकतन्त्रले गति लिन्छ। देशले निकास पाउँछ।‘

प्रधानमन्त्रीले आफ्ना नेताहरुसमक्ष अध्यादेश अर्को पार्टी फुटाउन ल्याएको भनेको सुन्नमा आएको बताउँदै नेता भट्टराईले यसबाट प्रधानमन्त्रीमाथि नैतिकताको ठूलो प्रश्न चिन्ह खडा भएको बताउनुभयो। ‘लकडाउनका बेला सांसदलाई रातारात किन ल्याउनुपर्यो ? यो प्रकरणको कानुनी प्रक्रियाबाट हल होस,’ उहांलेले भन्नुभयो, ‘जाहेरी नहुने भन्ने हुन्छ। पीडित माथि नै मुद्दा लगाउने ? यही हो लोकतन्त्र ? जो पीडित छ त्यसैलाई मुद्दा लगाउने ?’ अपहरणमा संलग्नलाई संरक्षण दिन नहुने र निष्कर्षमा पुर्‍याउने दायित्व सरकारको भएको उहांको भनाई छ।

पछिल्लो समय सरकारको छवि राम्रो नभएको र यसले राजनीतिलाई बदनाम गरिरहेको भन्दै उहांले जनतामा अविश्वास बढे खतरनाक हुने र देश प्रतिगमनतर्फ जाने खतरा बढ्ने चेतावनी पनि दिनुभयो।

बाबुरामले कोरोना परीक्षणको दायरा बढाउन, विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन, साना तथा मझौला उद्योगका लागि ठोस आर्थिक प्याकेज ल्याउन, श्रमिकलाई सरकारले नै ज्याला दिने व्यवस्था मिलाउन, अशक्त नागरिकलाई अभिलेख संकलन गरेर बैंक खातामार्फत पैसा पठाउने व्यवस्था गर्न उहांले सरकारसँग माग गर्नुभयो।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ५३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य