५ पुस २०८२, शनिबार | December 20, 2025

हिमालय एयरलाइन्सले ल्यायो चीनबाट स्वास्थ्य सामग्री



काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन N-ALW कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।

कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आजै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् ।

लकडाउनको अवधिमा हिमालयको चीनमा यो पाचौँ कार्गो उडान हो । यसअघि चीनको ग्वान्जाओ र चाङशामा चारवटा कार्गो उडान गरेको थियो । यी उडानले कोभिड–१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गरेका हुन् । बेइजिङमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमालय एयरलाइन्सले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाँचौँ गन्तव्य बनाइ प्रतिहप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिडका बिरामी बढेसँगै अनिवार्य स्वास्थ्य सामम्रीको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर्ड उडानको माग वृद्धि भएकाले कम्पनीले चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा चीनका विभिन्न शहरहरुमा थप चार्टड उडानको सम्झौता गर्न सफल भएकामा खुशी व्यक्त गर्दै छोङछिङ कम्पनीका लागि चीनको प्रमुख गन्तव्यमध्ये एक भएको बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ३९ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने