१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारतीय अतिक्रमण विरुद्ध कदम चाल्न नेकपा प्रवक्ता श्रेष्ठको माग



काठमाडौं । नेपाली भूमी अतिक्रमण गरेर भारतले चीन तिब्बतको मानसरोवर जाने सडक बनाएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रत्र्सना गनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका सत्तारुढ दल नेकपाका प्रवक्ता श्रेष्ठले भारतीय अतिक्रमण विरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभएको छ ।

श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’

गत कात्तिकमा नेपालको अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेको भारतले तिब्बतको मानसरोवर यात्रका लागि नयाँ सडक मार्गको शुक्रबार उद्घाटन गरेको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत सो सडकको उद्घाटन गरेका थिए ।

भारतले दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक कालापानी वर्षौदेखि अतिक्रमण गरेको छ । आफैले विवादास्पद भूमि स्वीकार गरेको भारतले अन्तराष्ट्रिय सीमासम्बन्धी अन्तराष्ट्रिय कानुनको उल्लंघन गर्दै भौतिक निर्माणको काम गरेको हो । नेपाली भूमि कालापानीमा भारतले सेनाको क्याम्प राखेको छ ।

भारतीय अतिक्रणम विरुद्ध सरकार र सत्तारुढा दल नेकपाबाट औपचारिक प्रतिक्रिया भने अझैसम्म सार्वजनिक भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले के गरेको भन्ने कुरा बुझ्न दिल्लीस्थित राजदूत निलम्बर आचार्यलाई निर्देशन दिनुभएको छ । नेपालले बारम्बार आग्रह गर्दा पनि भारतले सीमा विवादबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ५२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले