२२ माघ २०८२, बिहिबार | February 5, 2026

खाद्य कम्पनी चार जिल्लाबाट गहुँ खरीद गर्दै



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य दुईमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यही वैशाख २३ गतेदेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद भइरहेको छ । उहाँका अनुसार विभिन्न कारणले बाँके (नेपालगञ्ज) र रुपन्देही (भैरहवा)मा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन । कोभिड–१९ का कारण नेपालगञ्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा भैरहवामा प्रक्रिया शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँचपाँच हजार क्विन्टल गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ ।

यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो । मन्त्रालयले रु दुई हजार ३१९ उत्पादन लागत, रु २३१ ढुवानी खर्च र किसानलाई रु ४६३ नाफासहित रु तीन हजार १५ समर्थन मूल्य रहने गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सरकारले पहिलो पटक गहुँको समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको नियमित कार्यक्रमअन्तर्गत गहुँ खरीदमा रु नौ करोड पाँच लाख विनियोजन गरिएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २६५ टन र २०७५/७६ मा ३८१ टन गहुँ किसानबाट खरीद गरिएको थियो । उक्त समयमा स्थानअनुसार औसत प्रतिक्विन्टल रु दुई हजार ७०० सम्म परेको कम्पनीले जनाएको छ । कम्पनीले खरीद गरेको गहुँ उपभोक्ताको मागअनुसार दुर्गम जिल्लासँगै काठमाडौँमा समेत बिक्री गरिने छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ५९ बजे

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको