१३ चैत्र २०७९, सोमबार | March 28, 2023

लुम्बिनी आयुर्वेदिक चिकित्सालयद्रारा क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण



बुटवल । बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालयले क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण एवं योग साधना गराउने कार्य तिब्र पारेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नंं ५ को निर्देशिका अनुसार चिकित्सालयले रुपन्देहीका १६ वटै स्थानिय तहमा निशुल्क औषधि वितरण र योगा साधना गराउने कार्य तिब्र पारेको हो । चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाको संयोजकत्वमा अहिले औषधि वितरण र योगा साधना भइहेको छ ।

क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्ने र स्वच्छ मानसिक स्वास्थ्यको विकासका लागि चिकित्सालयले योगा र ध्यानको कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक गणेश सापकोटाले जानकारी दिनुभयो । मायादेवी, सिद्धार्थनगर नगरपालिका, कोटईमाई, देवदह नगरपालिकामा निशुल्क औषधि र योगा साधना गरेको चिकित्सालयले शुक्रबार तिलोत्तमा नगरपालिकाले निर्माण गरेको दुर्गादत्त स्थित क्वारेन्टाईनमा पनि निशुल्क औषधि र योगा साधना गराएको छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, तिलोत्तमा आयुर्वेदिक औषधालयका कार्यालय प्रमुख प्रकाश ज्ञवाली, क्वारेन्टाईन ईन्चार्ज रामेश्वर ढकालको समन्वयमा क्वारेन्टाईनमा रहेकाहरुलाई योगा साधना र औषधि वितरण गरिएको थियो । क्वारेन्टाईनमा रहेकाहरुलाई चिकित्सालयका योग प्रशिक्षक एवं बैध विष्णुहरी आचार्यले प्रशिक्षण दिनुभएको थियो । हास्यव्यग, नृत्य, गायन, योगा क्वारेन्टाईनमा रहेका नागरिक संगै चिकित्सक, सुरक्षाकर्मी र सहयोगहरु सवैलाई गराइएको थियो । चिकित्सालयले गुडुची चुड, जेष्ठ नागरिकहरुलाई अस्वगन्धा चुड र सुत्केरी महिलालाई सतावरी ग्रेनुयल्स वितरण गरेको थियो । चिकित्सालयले बाँकी स्थानिय तहमा पनि निशुल्क औषधि र योगा साधना गराउने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : १९ बजे

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

गुल्मी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं । मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति

आर्ट अफ लिभिङको आयोजनामा ‘रामलला की माता’ कथा

भैरहवा । मानवलाई ‘जिवन जिउने कला’ सिकाउदै अघि बढेको संस्था