१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लकडाउन उल्लंघन गर्ने पुर्वजर्नेल र पुर्वएआईजी प्रहरी नियन्त्रणमा



काठमाडौं । लकडाउन उल्लंघन गरेको भन्दै नेपाली सेनाका पूर्वजर्नेल डा। प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बलका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर छाडेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन हुने गरि सत्तारुढ दल नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही अगाडि पत्रकार सम्मेलन गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको केहि बेरमा उनीहरुलाई प्रहरीले रिहा गरेको थियो ।

पुर्वजर्नेल र पुर्वएआईजी सहितको समुहले भारतले लिपुलेकको नेपाली भूमिमा बाटो बनाएको विरोधमा नेकपाको पार्टी कार्यालय अगाडी पत्रकार सम्मेलन गर्ने प्रयास गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लकडाउन उल्लंघन गरेकाले पक्राउ गरिएको बताउनु भयो । नियामानुसार केही समय नियन्त्रणमा लिएर छाडिएको उहांले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ४२ बजे

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा