१० चैत्र २०८२, मंगलबार | March 24, 2026

उपत्यकामा भोलीदेखि स-सर्त सवारी साधन चल्न दिईने



काठमाडौं । सरकारले लकडाउन केहि खुकुलो बनाउने निती लिएसंगैकाठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारी साधन स सर्त चल्न पाउने भएकाछन् । आईतबार देखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारी साधान चल्न दिन लागिएको हो ।

बैठकले निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार दिने निर्णय गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार उल्लेखित सवारी साधनहरु चल्न पाउने छन् :
–निमार्ण सामग्री बोकेका ठूला ट्रिपर र ट्रकहरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाइनेछ ।
–निजामती कर्मचारी, बैंक तथा वित्तिय सेवाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे ९ भित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्नेछ ।
–सामान्यतया अत्यावश्यक चिज बोकेका गाडिहरु जस्तै तरकारी, खाद्य सामग्री, फलफूल लगायत बोकेका सवारी साधान बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने ।
–४२ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधान सञ्चालन गर्न भने नपाउने ।
–माथि उल्लेखित सवारी साधान सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने ब्यवस्था गरिएको छ ।
तर राती चल्ने निर्माण सामग्री बोकेका सवारी साधानका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक पास बोकेर सडकमा गुड्ने सवारी साधानलाई कारवाही गर्ने ढकालको भनाई छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ०१ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय