७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

उपत्यकामा भोलीदेखि स-सर्त सवारी साधन चल्न दिईने



काठमाडौं । सरकारले लकडाउन केहि खुकुलो बनाउने निती लिएसंगैकाठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारी साधन स सर्त चल्न पाउने भएकाछन् । आईतबार देखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबिच भएको बैठकले गरेको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारी साधान चल्न दिन लागिएको हो ।

बैठकले निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, बित्तिय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाईहरुलाई समय तालिका अनुसार दिने निर्णय गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार उल्लेखित सवारी साधनहरु चल्न पाउने छन् :
–निमार्ण सामग्री बोकेका ठूला ट्रिपर र ट्रकहरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाइनेछ ।
–निजामती कर्मचारी, बैंक तथा वित्तिय सेवाका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे ९ भित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्नेछ ।
–सामान्यतया अत्यावश्यक चिज बोकेका गाडिहरु जस्तै तरकारी, खाद्य सामग्री, फलफूल लगायत बोकेका सवारी साधान बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने ।
–४२ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधान सञ्चालन गर्न भने नपाउने ।
–माथि उल्लेखित सवारी साधान सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने ब्यवस्था गरिएको छ ।
तर राती चल्ने निर्माण सामग्री बोकेका सवारी साधानका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक पास बोकेर सडकमा गुड्ने सवारी साधानलाई कारवाही गर्ने ढकालको भनाई छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ०१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल