४ श्रावण २०८३, सोमबार | July 20, 2026

आफ्नै भूमिमा भारतको २२ किलोमिटर सडक, दिल्लीको ट्वीटपछि मात्र काठमाडौं तरङ्गित



भारतले नेपाली भूमिमा २२ किलोमिटर लामो सडक बनाएर लिपुलेकसम्म पुर्याएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ ।

नेपाली सीमाभित्र सडक कहिलेदेखि बन्न थाल्यो भन्ने बारेमा न त व्यासका बासिन्दालाई थाहा छ, न त नेपाल सरकारलाई नै । नेपाल–भारत–चीनको त्रिदेशीय सीमामा सरकारका कुनै पनि निकायको उपस्थिति नहुँदा भारतलाई नेपाली भूमि अतिक्रमण गर्न सजिलो भएको छ । सरकारले चासो नदिएकै कारण भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको दार्चुलाका स्थानीय जनताले गुनासो गरेका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार ट्वीटरमा सडक उद्घाटन गरेको ट्वीट गरेपछि मात्र काठमाडौंबाट प्रतिक्रिया आउन थालेको हो । आफ्ना सुरक्षा निकाय, गुप्तचर संयन्त्र र अन्य सरकारी निकायबाट कुनै जानकारी प्राप्त गर्न नसकेको सरकारले भारतीयहरुबाटै तावाघाट–लिपुलेक–मानसरोवर सडक उद्घाटन गरेको समाचार सार्वजनिक गरेपछि मात्र औपचारिक प्रतिक्रिया जनाएको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भारत र चीनबीच भएको सम्झौतामा लिपुभञ्जयाङ नाकालाई व्यवसायिक धार्मिक नाकाको रुपमा विकास गर्ने जनाइएको छ । भारतले सोही सम्झौता पछि पहिलेदेखि रहँदै आएको गोरेटो नाकालाई व्यवसायिक बनाउन सुरु गरेको हो । नेपालले समयमै भारत र चीनसँग गम्भीर आपत्ति प्रकट गर्दै आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न उचित पहल गर्न नसक्दा भारतका लागि सजिलो वातावरण मात्र बनेको हो ।

सन् १९६२ को भारत–चीन युद्धपछि पञ्चायतकालदेखि दार्चुलाको व्यास क्षेत्रमा भारतले अतिक्रमण गर्दै आएको थियो । त्यसैको परिणाम अहिले हामीले देखिरहेका छौं । नेपालबाट हामी केवल कागजी प्रतिक्रियामा मात्र व्यक्त गर्न बाध्य बनेका छौं ।



प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ३७ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित