२० श्रावण २०८३, बुधबार | August 5, 2026

हिन्दू स्वयम् सेवक सघं परिवारद्वारा लकडाउन अबधिभर दैनिक ३७६० जनालाई खाना वितरण जारी



काठमाडौ । कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल सरकारले लगाएको लकडाउनका कारण खाना खानबाट बञ्चित परिवारहरुलाई  हिन्दू स्वयम् सेवक सघं परिवार र पशुपति गौशाला धर्मशालाद्वारा खाना वितरण कार्य जारी राखेको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई सघंको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम)ले लकडाउनको तेस्रो दिनबाट सुरु गरेको खाना वितरण कार्य निरन्तर जारी राखेको हो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

सघंले २० दिन पशुपति र गुह्यश्वरीमा खाना खुवाउँदै आएकोमा खाना खानेको संख्या बढ्दै जाँदा पशुपति गौशाला धर्मशालासँग समन्वय गरी हाल ८ ठाउँमा खाना वितरण गरिरहेको छ । मानवीय मनका दुवै संस्थाहरुले अहिले तार्केश्वर, गैरीगाउँ, नरेफाँट, पेप्सीकोला, शान्तिनगर, कालिमाटी, जैसिदेवल, शिव चौक र सिफलमा गरी ३७६० जनालाई खानाको प्याकेट लगायत सम्बन्धित ठाउँमा खाना, तरकारीको भाँडो नै गाडिमा राखेर खुला तरिकाले कुपनको आधारमा वितरण गर्दै आएको संघका राष्ट्रिय कार्यवहाक महासचिव मुरलीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

निरौला भन्नुहुन्छ हामीले सम्बन्धित वडाका वडाध्यक्षसँग सहकार्य गरेर भोजन वितरण गरिरहेका छौं, एक परिवारमा कति जना हुनुहुन्छ त्यहीअनुसारको कुपन दिन्छौं र एक परिवारको एक जनालाई समाजिक दूरीमा राखेर दैनिक विहान-बेलुका भोजन वितरण गरिरहेका छौं ।

महासचिव निरौलाका अनुसार, खुला भोजन पाँच ठाउँमा गरिँदै छ भने, बाँकी ३ ठाउँमा प्याकेट वितरण गरिरहेका छौं । ४ वटा गाडिमा राखेर खाना कुरिरहेका जनता भएको ठाउँमा पशुपति गौशाला धर्मशालामा दैनिक खाना पुर्याउँछौं र वितरण गछौं, हामीसँग एक दिनमा ४१७० जनासम्मले खाना खाएको रेकर्ड भएको दावी महासचिव निरौलाले गर्नुहुन्छ ।

हिन्दू स्वयंम् सेवक सघंले काठमाडौं भ्यालीमा २२ हजार माक्ससमेत वितरण गरेको थियो ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : १० बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल