२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

भारतीय राजदूतसँग परराष्ट्र मन्त्रीले लिए स्पष्टिकरण, सरकारले दियो भारतीय राजदूतलाई ‘कुटनीतिक नोट’



काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सडक उद्घाटन गरेको चार दिन पछि परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै बोलाएर जानकारी दिएको छ ।

लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गम्भीर अन्तुष्टि व्यक्त गर्दै भारतीय कदमबारे सोमबार भारतीय राजदूतसँग जानकारी लिनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अन्तराष्ट्रिय सीमासम्बन्धी कानुनको गम्भीर उल्लंघन गर्दै भारतले नेपाली भूमिमा विना सूचना निर्माणल गायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

विदेशी राजदूतलाई मन्त्रालयमा बोलाएर सम्बन्धित विषयमा जानकारी लिनु र त्यसको विरोधमा कुटनीतिक नोट दिनुलाई कुटनीतिमा गम्भीर कदम मानिन्छ ।

परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  २ : ०४ बजे

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा