५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जेठ ५ गतेसम्म कपिलवस्तु जिल्ला सिल



कपिलवस्तु । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जेठ ५ सम्म कपिलवस्तु जिल्लालाई सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको वैठकले आजै साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । लकडाउनकै बीचमा भारतबाट लुकिछपी आउने क्रम बढेको र क्वारेन्टाइनमै बसेकाहरुमा कोरोनाको संक्रमण देखिएपछि जिल्लालाई पूर्ण सिल गर्ने निर्णय गरिएको छ । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमितको संख्या बढ्न थालेपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तुको नेपाल भारत सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

सुरक्षा समितिले पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरुलाई जिल्लामा नरोकिकन आवत जावत गर्न भने दिनेभएको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ३० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं