१० चैत्र २०८२, मंगलबार | March 24, 2026

निम्न वर्गिय परिवारलाई राहत उपलब्ध गराउ : हाटबजार व्यवसायी संघ



बुटवल । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै मुलुक यतिबेला लकडाउनमा छ । गत चैत १० गतेदेखि जारी लकडाउन बढ्दै जाँदा दैनिक मजदुरी गर्ने निम्न वर्गका मजदुरहरु समस्यामा परेका छन् ।

हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीले सोमबार एक विज्ञप्ति जारी गर्दै निम्न बर्गिय परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाले तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

लकडाउन थपिदै जाँदा हाटबजारमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई दैनिक जीवनयापनमा समस्या परेको उल्लेख गर्दै ज्ञवालीले विशेष राहत प्याकेज ल्याउन सरकार आग्रह गर्नुभएको हो ।

सरकारले विपन्न परिवारका लागि केही राहत सामग्री उपलब्ध गराएपनि त्यसले बिहान-साँझको छाक टार्नसमेत असहज भएको भन्दै सरकारलाइ गम्भीर भएर निम्न वर्गीय व्यवसायी र तिनका परिवारहरुको उद्धार गर्न अनुरोध गर्नुभएको छ ।

दैनिक रुपमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरु चैतको पहिलो साताबाटै आप्mनो व्यवसाय बन्द गरी बसिरहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४५ बजे

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।