७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सिमामा कडाई गर्न नसक्दा सीमावर्ती नेपालमा जोखिम बढ्यो



बुटवल । सरकारले लकडाउन संगै सिमा सिल गरेको ५० दिन पुग्यो । मुलुकमा लकडाउन सुरु गरेसंगै कोरोना भाइरस संक्रमण १३४ को संख्यामा पुग्दा, संक्रमण देखिएका अधिकांस संक्रमितहरु सिमा नाघेर प्रवेश गरेको पाईएको छ । भारतमा लकडाउन खुकुलो पार्दै रेल सेवा संचालन गरेपछि सिमामा नेपालीहरुको संख्या ह्वात्तै बढेको हो ।

प्रदेश ५ मा कोरोना भाईरसको संक्रमण पुष्टि भएका ५३ जना मध्ये अधिकांश नेपाल भारतको खुल्ला सिमानाबाट लुकिछिपी प्रवेश गरेकाहरु नै हुन् । हालसम्म प्रदेश ५ मा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बांकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा संक्रमण देखिएको हो ।

सोमबार मात्रै एकैदिन प्रदेश ५ मा पुष्टी भएका २३ जना संक्रमित मध्ये २२ जना त भारतका बिभिन्न स्थानबाट रोजगारी गरी फर्केकाहरु रहेकाछन् । उनीहरु सबै सरकारले सिल गरेको सिमाना पार गर्दै लुकिछिपी नेपाल प्रवेश गरेका थिए । नयां थपिएका कोरोनाका संक्रमित मध्ये २२ जना पछिल्लो एकडेढ हप्ताको अवधीमा भारतबाट फर्किएका हुन् भने एकजना ११ बर्षिया बालिका कैलालीबाट हजुरआमा संगै बर्दिया आएकी हुन ।

भारतका बिभिन्न स्थानबाट फर्केकाहरु लुकेर गाउं पसेकोहरुलाई देखिए भेटिए सम्म त स्थानीयतहले बनाएको क्यारेन्टाईनमा राखिएको छ, तर यसरी नेपाल पस्ने धेरै नेपालीलाई आफन्त र स्थानीयले लुकाई छिपाई घरगांउमै राखेको अवस्थालाई पनि नकार्न सकिन्न । क्वारेन्टाईनमा राखेर स्वाव परिक्षण गरिएकाहरुबाटै कोरोनाको रिपोर्ट पाजिटिभ आएसंगै क्वारेन्टाईनको पहुंचमा नपुगेकाहरुबाट हुन सक्ने जोखिम पनि उत्तीकै देखिन्छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका १३ जना सवै प्रदेश ५ का हुन भने उनीहरु सबै खुल्ला सिमाबाट नेपाल पसेकाहरु भएको पुष्टि भएको छ । संक्रमित मध्ये रुपन्देहीका ६, कपिलवस्तुका ६ र बर्दियाकी एक बालिका रहेकी छन् । रुपन्देहीका ६ जनामध्ये समरमाई गाउंपालिका वडा नं. १ र ४ का दुई÷दुई जना रहेका छन् ।

बर्दियाकि बालिका भने ३ दिन अघि हजुरआमासंग कैलालीबाट आएको र राजापुर नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बस्दै आएको सुचना आफुले पाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

यता लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी स्थीत श्रीलंकन गेष्टहाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाईन बनाएको छ । संक्रमितहरु तीनै क्वारेन्टाईनमा रहेकाहरु भएको बताईएको छ । श्रीलंकन गेष्टहाउसमा रहेको क्वारेन्टाईनमा ७८ र विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाईनमा ४३ जना व्यक्तिहरु रहेका छन् ।

त्यस्तै सोमबार सांझ संक्रमण पुष्टि भएका कपिलवस्तुका ६ जनामध्ये यशोधरा गाउंपालिकाका वडा नं. ४ र बुद्धभूमि नगरपालिका वडा नं. ७ का दुईजना रहेका छन् ।

उनिहरु पनि भारतबाटै आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । सोमबार विहान मात्रै कपिलवस्तुको यशोधरा गाउंपालिका र बुद्धभूमि नगरपालिका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरु सबै १५ वर्षदेखि ४० वर्ष उमेरका रहेका छन् ।
भारतिय सिमानाकाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुलाई नियन्त्रण गर्न नसक्दा प्रदेश नं. ५ कोरोना संक्रमणको सबैभन्दा जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

पछिल्लो समय भारतले अलपत्र श्रमिकहरुको उद्धार तथा अत्यावश्यक सामानको ओसार पसारका नाममा रेल सेवा संचालन गरेपछि प्रदेश ५ का तराईका जिल्लाहरुमा दैनिकजसो सयौं व्यक्तिहरु रातको समयमा लुकेर नेपाल आउने गरेका छन् भने दशगजामा बैधानीक प्रवेशको प्रतिक्षा गर्नेहरु पनि सयौंको संख्यमा रहेकाछन् । पछिल्लो तिनदिन यता कपिलवस्तुको सिमानाकाबाट ११ सयको हाराहारीमा लुकिछिपी कपिलवस्तुमा प्रवेश गरेको प्रशासनले अनुमान गरेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अझै करिब दुईहजार व्यक्तिहरु कपिलवस्तुको दशगजा क्षेत्रमा रहेका छन् ।

दिनभरी दशगजा क्षेत्रमा बसेकाहरु रातीको समयमा खोला र खेतको बाटो हुंदै लुकेर सिमावारी आउने गरेको स्थानीय बताउंछन् ।
यता रुपन्देहीको सिमाक्षेत्रमा पनि करिब १२ सय व्यक्तिहरु रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । भारतमा गाडी चल्न थालेपछि दैनिक करिब ६ सय व्यक्तिहरु सिमाक्षेत्रमा आउने गरेको पन्थले बताउनुभयो ।

प्रदेश ५ का १२ वटा जिल्लामा १३ हजार २ सय २३ जना क्षमताका क्वारेन्टाईन बेड रहेका छन् । ति क्वारेन्टाईनमा हालसम्म ५ हजार ३ सय ५१ जना व्यक्तिहरु रहेको प्रदेश ५ को सामाजिक बिकास मन्त्रालय जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ४४ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी