१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सीमा अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गर्न सांसदहरुको माग



काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकको मंगलबारको शून्य समयमा सांसदहरुले भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरेका हुन् ।

बैठकमा सांसदहरु बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लिपुलेकमा भारतले नेपाली भू–भाग अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न माग गर्नुभयो ।

प्रमुख सचेतक गुरुङले अतिक्रमित जमिन फिर्ताका लागि अबिलम्ब कूटनीतिक पहल गर्न आग्रह गर्दै यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानु पर्ने हो कि भनेर सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरु प्रकाशमान सिंह, टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु डा. डिला सङ्ग्रौला, तेजुलाल चौधरी, दीपकप्रसाद भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदहरु तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना सङ्क्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पु-याउन र सिमानामा कडाइ गर्न आग्रह गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिनुभएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधिबेहरीले किसानका बालीनालीमा पु-याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला खरेल, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण कायस्थ, पुष्पा भुसाल (गौतम), पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही (रसाइली), दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना, दिल कुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरुले बहुआयामिक विषय उठाउनुभएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ५९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्