१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षी दलमाथि थोपर्ने प्रयास गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तापक्षको पछिल्लो रणनीतिप्रति टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारीका रूपमा प्रस्तुत गर्ने, तिनैसँग वार्ता गरी सम्झौता गर्ने र हिंसाको जिम्मेवारी भने विपक्षीमाथि थोपर्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त ?”

पछिल्लो समय देशका विभिन्न स्थानमा भएका आन्दोलन, झडप तथा सरकार र आन्दोलनकारीबीच भएका सम्झौताप्रति संकेत गर्दै उनले सत्तासीन पक्षले योजनाबद्ध रूपमा परिस्थिति भड्काएर त्यसको राजनीतिक जिम्मेवारी विपक्षी दलमाथि थोपर्न खोजेको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ११ : २० बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको