१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतीय दूतावास अगाडि घन्कियो नारा, – भारतीय सेना कालापानी छोड !



काठमाडौं । भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा मानवअधिकारकर्मीहरुले लैनचौरस्थित भारतीय दूतावास नजिकै धर्ना दिएका छ्न ।

मानवअधिकार तथा शान्ति समाजको अगुवाईमा भएको धर्नामा सहभागी अधिकारकर्मीहरुले भारतले सीमा मिचेर अपराध गरेको जिकिर गरेका छन् । उनीहरुले लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, भारतीय सेना कालापानीबाट फिर्ता गर जस्ता नारावाजी गरेका थिए ।

प्रहरीले धर्नामासहभागी अधिकारकर्मी कृष्ण पहाडीसहित कैयौं जनालाई गिरफ्तार गरेको छ ।

‘उत्तम पुडासैनी, बटुकृष्ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ,’ मानवअधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुलाई सोह्रखुट्टे प्रहरी वृत्तमा लगिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ३७ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा