१९ आश्विन २०८३, सोमबार | October 5, 2026

लुकिछिपी नेपाल भित्रिनेक्रम रोक्न मुलबाटोबाटै नेपाली भित्राउंदै तिलोत्तमा नगरपालिका



बुटवल । भारतको नौटनवामा अलपत्र परेका २ सय बढी नेपालीलाई तिलोत्तमा नगरपालिकाले ब्यवस्थापन गरेर क्वारेन्टाईनमा राख्ने भएको छ ।

भारतमा अलपत्र अवस्थामा रहेको उनीहरुलाई राख्नका लागि आज बिहानै देखि तिलोत्तमाको माधवलिया स्थित माधवलियमा माबीमा धमाधम क्वारेन्टाईन बनाउने काम भईरहेको छ ।

बिगत लामो दिनदेखि भारतको नौटनवामा रहेका उनीहरुलाई भारतको स्थानीय प्रशासनले खान बस्न दिन नसकिने बताएपछि उनीहरु अलपत्र पर्ने अवस्था सिर्जना भएको थियो ।

लुकिछिपी आउने क्रम बढेपछि अझै जोखिम बढ्ने देखिएपछि मुलबाटोबाटै भित्राएर क्वारेन्टाईनमा राख्न लागिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

भारतले लकडाउनलाई खुकुलो बनाउंदै रेल सेवा सञ्चालनमा ल्याएपछि बिभिन्न शहरहरुमा कामबाट निकालिएका नेपालीहरु घर फर्कने क्रम बढ्न सक्ने देखिएको छ । आधिकारीक नाकाबाट प्रवेश नदिंदा हरेक दिन लुकिछिपी नेपाल भित्रिने क्रम पनि बढेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४१ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा