२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

प्रदेश नम्बर ५ का कोरोना अस्पताल भरिभराउ, बर्दियाकी संक्रमित बालिका अझै भर्ना हुन सकिनन्



बुटवल । बांके स्थित खजुरामा रहेको कोरोना अस्पतालमा बेड खालि नभएका कारण बर्दियाकी ११ बर्षिया संक्रमित बालिका अस्पताल भर्ना हुन पाएकि छैनन् । बांकेको सुशिल कोईराला क्यान्सर अस्पताल संक्रमितले भरिएपछि उनले अस्पताल भर्ना हुन नपाएकि हुन् ।

बांकेमा स्थान अभाव भएपछि उनलाई दाङको बेलझण्डी स्थित कोरोना अस्पतालमा पठाउने तयारी भएको छ । उपचारका लागि दाङ ल्याउने तयारी संगै दाङमा त्यसको बिरोध समेत सुरुभएको छ । अहिले सम्म कोरोना भाइरस नदेखिएको जिल्लाकारुपमा रहेको दाङमा कारोना संक्रमित ल्याउन नहुने भन्दै सामाजिक सञ्जालमा बिरोध भए पनि अस्पतालमा उपचार गर्न ल्याईए अस्पतालले सेवा दिन तयार रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनु भएको छ ।

अस्पताल नपाएपछि बर्दियाकी ११ वर्षीया बालिका २१ घन्टा बित्दा पनि अस्पताल जान पाएकिछैनन । दाङमा दुई अस्पतालमा १ सय भन्दा बढी आइसोलेसन बेड खाली रहेका छन् ।

यता रुपन्देहीको बुटवल स्थित धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा पनि बेड भरिएको छ । ३६ वटा बेड भएको अस्पतालमा २८ जना संक्रमितको उपचार भईरहेको छ । आज रुपन्देहीमा पुष्टी भएका ९ जना र कपिलवस्तुका ८ जना संक्रमित थपिंदा अस्पतालमा स्थान अभाव देखिने भएको छ । बुटवलमा स्थान अभाव भएको अवस्थामा भैरहवा स्थित भिम अस्पतालमा लैजान सकिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।
हरेक दिन संक्रमितको संख्या थपिंदै जांदा प्रदेश नम्बर ५ मा अस्पतालको संख्या थप्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ०८ बजे

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता, गगन थापा पछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधिसभा

दोब्बर मतले अग्रता बढाउँदै बालेन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता कायमै

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

रास्वपाको खाता खुल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी