२६ आश्विन २०८३, सोमबार | October 12, 2026

अव एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने, जारीभएका सबै पास रद्द



काठमाडौं । मन्त्रीपरिषदको बैठकमा नै प्रधानमन्त्रीले लकडाउन कार्यान्वयनमाथि ब्यङ्ग गरेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला समेत जान नपाउने गरि लकडाउनलाई कडा बनाएको छ । मन्त्रालयले यस अघि एक जिल्लबाट अर्को जिल्लामा जाने गरी जारी गरेका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना [कोभिड–१९] भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन कार्यान्वयनमा कडाइ गरिएको हो ।

‘बिहीबारदेखि लागू हुने गरी जिल्ला क्रस गर्न नपाउने नियम लागु हुने गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउने ब्यवस्था थियो । अब सम्बन्धित निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

मन्त्री परिषदको बैठकमा प्रधानमन्त्रीले मुलुकमा लकडाउन नै नभएको भन्दै अहिले कार्यान्वयन भईरहेको लकडाउनलाई लकडाउन भन्न नसकिने कडा प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा