१८ श्रावण २०८३, सोमबार | August 3, 2026

अव एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने, जारीभएका सबै पास रद्द



काठमाडौं । मन्त्रीपरिषदको बैठकमा नै प्रधानमन्त्रीले लकडाउन कार्यान्वयनमाथि ब्यङ्ग गरेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला समेत जान नपाउने गरि लकडाउनलाई कडा बनाएको छ । मन्त्रालयले यस अघि एक जिल्लबाट अर्को जिल्लामा जाने गरी जारी गरेका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना [कोभिड–१९] भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन कार्यान्वयनमा कडाइ गरिएको हो ।

‘बिहीबारदेखि लागू हुने गरी जिल्ला क्रस गर्न नपाउने नियम लागु हुने गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउने ब्यवस्था थियो । अब सम्बन्धित निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

मन्त्री परिषदको बैठकमा प्रधानमन्त्रीले मुलुकमा लकडाउन नै नभएको भन्दै अहिले कार्यान्वयन भईरहेको लकडाउनलाई लकडाउन भन्न नसकिने कडा प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य