२० श्रावण २०८३, बुधबार | August 5, 2026

रुपन्देहीका दलित र अन्य गरि ३५ सञ्चारकर्मीलाई राहत प्रदान



बुटवल । रुपन्देहीमा क्रियाशिल दलित तथा अन्य केही सञ्चारकर्मी गरि ३५ जनालाई कोरोना संकटका बेलामा राहत प्रदान गरिएको छ । अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा क्रियाशिल श्रमजिवि सञ्चारकर्मीहरुलाई पनि कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले असर पारेको छ ।

राष्टिय दलित पत्रकार संघ नेपाल र जागरण मिडिया सेन्टरको समन्वयमा भक्त बिबि हेल्पिन हेन्डस फर ह्यूमानीटि, बुटवल स्थित न्यू फेमस टेर्लस र अन्य केही व्यक्तिहरुको सहयोगमा ७० हजार बराबरको राहत वितरण गरिएको हो ।

मंगलबार रेडियो जागरण प्राङगणमा प्रदेश ५ का सांसद दीपा विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष व्यवसायी रामकुमार रणपाल र बुटवल उपमहानगर वडा न. ९ का वडाअध्यक्ष विष्णु थापाले राहत प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष पहाडीले विश्वलाई नै कोरोना भाइरसले संकट निम्त्याएको भन्दै दलित तथा अन्य केहि गैरदलित सञ्चारकर्मीहरुलाई विभिन्न दाताहरुले संकटमा गरेको सहयोगले अझै पेशामा क्रियाशिल हुने शक्ति प्रदान गरेको बताए । दाताका तर्फबाट व्यवसायी रामकुमार रणपालले कोरोना संकटमा अग्रभागमा खटिने सञ्चारकर्मीहरुलाई यो महामारीका बेलामा साथ दिन पाएकोमा खुशि व्यक्त गरे ।

उक्त खाद्यान्न हस्तान्तरणमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, भक्त विविका रुपन्देही प्रतिनिधि केदार चन्द्र भुसाल, अधिवक्ता पदम कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसि, जागरण मिडिया सेन्टरका सचिव विनोद परियार, संघका केन्द्रीय सदस्य रीता बुढाथोकी, अधिकारकर्मी रीता सेन, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, रीमा विसि, सरोज गौतम, जनक गौतम, तारा परियार, विनोद पोख्रेल, विजय गौतम, चित्र गुरुङ लगायतको सहभागिता थियो ।

भक्त बिबिका तर्फबाट भष्टाचार विरोधी अभियान्ता भक्त बहादुर भण्डारी, शारदा भुसाल झाले राहात अभियानमा साथ दिएका हुन । यसअघि भक्त विविको सहयोगमा काण्ठमाडौंमा पनि ३० जनालाई सहयोग गरिएको थियो ।

यो अभियानमा यूएस टेक्सास बस्ने विराटनगरका समिर रिजाल र बुटवलका विभिन्न व्यक्तिहरुको समेत सहयोग रहेको छ । संकटका बेलामा सुरक्षा सामाग्रीसँगै खाद्यान्नको समेत संकट थपिएको बेला खाद्यान्न सहयोग गरेकोमा सञ्चारकर्मीहरुले धन्यवाद दिएका छन । राहत स्वरुप २५ केजी चामल, २ किलो चना, एक केजी दाल र एक लिटर तेल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : १४ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा