५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सीमामा रहेका नेपालीलाई सुरक्षित भित्र्याउन माग



परासी । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित तरिकाले स्वदेश भित्र्याउन नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का राजनीतिक दलले माग गरेका छन् । स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

भारतमा लकडाउन खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । अहिले पनि जिल्लाको नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा करीब १०० नेपाली छन् । सीमासम्म आएका नेपाली नागरिक लुकिछिपी घर जाँदा सङ्क्रमणको उच्च जोखिम हुने भएकाले सुरक्षित तरिकाले उनीहरुको व्यवस्थापनका लागि सरकारले तत्काल उचित निर्णय लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला अध्यक्ष भविश्वर तिवारीले बताउनुभयो ।

जिल्लाका राजनीतिक दलले नेपाल–भारत सीमा क्षेत्र र जिल्लाका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेका थिए । अनुगमनकक्रममा धेरै नेपाली दशगजामा आएर अलपत्र परेको देखेपछि राजनीतिक दलले उनीहरुलाई सुरक्षित तरिकाले भित्र्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

कोरोना नियन्त्रणका सन्दर्भमा नेपाल–भारतबीच दुवै देशका नागरिकलाई सोही ठाउँमै व्यवस्थापन गर्ने सहमति रहे पनि अहिले भारतबाट उक्त सहमतिको उल्लङ्घन भएकाले सरकारले यस विषयमा तत्कालै ठोस निर्णय लिनुपर्ने नेपाली काङ्ग्रेसका जिल्ला सहसभापति सुवासचन्द्र गिरीले बताउनुभयो ।

नेपाली स्वदेश फर्कने सङ्ख्या अब बढ्दै जाने देखिएकाले क्वारेन्टाइनको सङ्ख्या थप गर्ने र महामारीको रुप लिनुभन्दा पहिले नै स्थानीय तहले पूर्वतयारीलाई व्यापक बनाउनुपर्ने जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादवको सुझाव छ ।

जिल्लाका भुजहवा, झुलनीपुर, बलिनगरलगायत नाकामा भारतका गुजरात, अहमदावादलगायत स्थानबाट आएका नेपाली छन् । उनीहरुले आफूहरु क्वारेन्टाइनमा बस्न तयार रहेको जनाउँदै तर स्वदेश फर्कने वातावरण बनाइदिन राजनीतिक दलसँग माग गरेका थिए । राजनीतिक दल, स्थानीय सरकार, जिल्ला प्रशासन तथा सुरक्षाकर्मीको सर्वदलीय बैठक बसेर सो विषयमा आवश्यक छलफल गरी सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने तयारी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताउनुभयो । पश्चिम नवलपरासीमा २८ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २९ बजे

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा