१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

लकडाउन हटाउन संक्रमण दर जान्न किन जरुरी छ ?



हुन त कुनै पनि अक्षरको महत्व कम हुँदैन, तर, कोरोना भाइरसको लडाईंमा अंग्रेजी अक्षर R को भूमिका धेरै महत्वपूर्ण बन्दै गएको छ ।

यही R को माध्यमबाट विश्वभरका वैज्ञानिक कोरोना भाइरसको खतरालाई जान्ने कोशिस गरिरहेका छन् । यसकै माध्यमबाट विभिन्न देशका सरकारले आफ्ना जनता वचाउन लगाएको लकडाउन कसरी र कहिले हटाउने भन्ने जान्न खोजिरहेका छन् ।

यो R लार्ई कोरोना भाइरसको रिप्रोडक्सन नम्वर या R Value भनिन्छ । भाइरसको संक्रमण फैलिने दरलाई रि-प्रोडक्सन नम्वर या R Value भनिन्छ । एक संक्रमित व्यक्तबाट औषत कति व्यत्तिलाई संक्रमण फैलिन सक्छ ? यही नै हो R नम्वर । सजिलो शब्दमा यसको मतलब हुन्छ संक्रमण दर ।

दादुराको संक्रमण सबैभन्दा धेरै हुन्छ । तर रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिस बसोबास गर्ने क्षेत्रमा यसको संक्रमण दर १५ हुन्छ । निकै द्रुत गतिमा फैलिन्छ ।

जबकी आधाकारिक रुपमा सार्स कोभिड–२ (Sars-CoV-2) भनिने नोवल कोरोना भाइरसको रि-प्रोडक्सन नम्वर लगभग ३ छ । अर्थात, एकबाट तीन जनामा फैलिन सक्छ । यद्यपी, अलगअलग आंकलनमा यसमा थोरै अन्तर हुनसक्छ ।

संक्रमण दर १ भन्दा बढी भए खतरनाक
यदि कुनै भाइरसको संक्रमण दर १ भन्दा धेरै भयो भने त्यो तिब्र गतिमा फैलिन्छ । अर्थात दुईगुणा भन्दा पनि अधिक गतिले फैलिन्छ ।

सरल शब्दमा भन्नुपर्दा जुन ढंगले क्रेडिट कार्डको भुक्तानी नगर्दा व्याज बढ्छ, त्यसै ढंगले संक्रमण पनि बढ्दै जान्छ । यदि संक्रमण दर १ भन्दा कम छ भने आम मानिसमा संक्रमण फैलिन सम्भाना निकै कम हुन्छ ।

यसैले विश्वभरका देशका सरकार यो संक्रमण दरलाई ३ भन्दा कम गर्ने कोशिस गरिरहेका छन् ।

यहिकारण हो कि मानिस एकआपसमा सम्पर्कमा नआउन भनेर चेतावनी दिएको । चिकित्सकहरुले त परिवार र आफन्तसँग पनि घुलमिल नहुन सुझाव दिइरहेका छन् । अर्थात सामजिक दूरीको महत्व यहाँ आएर प्रष्ट बुझिन्छ । कार्यालयहरु बन्द भएको, स्कुल कलेज बन्द भएको ।

बेलायतमा कोरोनाको संक्रमण दर
वास्तवमा संक्रमणको दर कहिल्यै पनि स्थिर हुँदैन । मानिसको रहनसहनमा आउने बदलाव, शरीरको इम्युनिटी पावर अर्थात रोगप्रतिरोधात्मक क्षमाता बढ्ने क्रमले संक्रमण दरमा परिवर्तन आउँछ ।

लण्डनमा रहेको इन्पेरियल कलेजका विज्ञले आइसोलेशन, सोशल डिस्टेन्सिङ र लडकलाउन हुँदा कोरोना भाइरसको संक्रमण दर कस्तो हुन्छ भनेर अध्ययन गरेका थिए । उनीहरुले यो जान्ने कोशिस गरेका थिए कि यो दर कसरी परिवर्तन हुन्छ ?

आइसोलेशन, सोशल डिस्टेंसिंग या लकडाउन जस्ता कडा कदम उठाउनुपहिले कोरोना भाइरसको संक्रमण दर १ भन्दा बढी थियो । अवस्था निकै चिन्ताजनक थियो । तर, लकडाउन पछि भने संक्रमण दरको गतिमा कमी आयो ।

केही साता पहिलेसम्म आर नम्वर अर्थात संक्रमण ०.७ को आसपास थियो । अब यो ०.७५ देखि १.०को बीचमा रहेको छ ।

नर्सिङ होममा देखिएको घटनाका कारण संक्रमण दरमा वृद्धि भएको थियो । वेलाय, यूरोप अमेरिका लगायतका देशमा नर्सिङ होममा देखिएको कोरोना भाइरसको असरले सिंगो देशको संक्रमण दरलाई प्रभावित बनाएको छ ।

लकडाउन हटाउन संक्रमण दरको भूमिका ?
विश्वका कैयौं देश लकडाउन कसरी हटाउने भनेर द्वविधामा रहेका छन् । यदि लकडाउन हटाउने हो भने देशमा संक्रमण दरलाई तल्लो स्तरमा झार्नुपर्छ ।

लण्डन स्कुल आफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका डाक्टर एडम कुर्चास्की भन्छन्, ‘यो निकै ठूलो चुनौती हो । तपाईंले यो ख्याल गर्न जरुरी छ कि आम जनतालाई धेरै नै राहत त दिनुभएको छैन जसका कारण संक्रमणको रफ्तार तिब्र भएको छ छैन ?’

बेलायमा लकडाउन लगाएपछि संक्रमण दर ३ बाट घटेर ०.७ म झरेको थियो । कोरोनाको संक्रमण दरलाई ०.७ मा ल्याउनुको अर्थ हो यसलाई रोक्नका लागि राम्रो प्रयास भैरहेको छ ।

डाक्टर कुर्चास्की भन्छन कि यो संक्रमण दरलाई कम राख्नु निकै चुनौतीपूर्ण छ । यसका लागि धेरै मौका प्राप्त हुँदैन ।

यसभन्दा पहिला अप्रिलको सुरुवातमा जर्मनीमा कोरोनाको संक्रमण दर ०.७ सम्म पुगेको थियो ।

तर, रोबर्ट कोच इस्टिच्यूटले हालसालै संक्रमण दर बढेर ०.७५ सम्म आइपुगेको जनाएको छ । इन्स्टिच्यूटका चिफ प्रोफेसर लोथर विलरका अनुसार यो दरको १ भन्दा तल राख्नु निकै ठूलो लक्ष्य हो ।’

कुनकुन क्षेत्रमा छुट दिन सकिन्छ ?
डाक्टर कुर्चास्की भन्छन्, वास्तवमा आइसोलेशन, सोशल डिस्टेन्सिङ या लकडाउन भाइरस फैलिनबाट रोक्नमा कति सफल भएको छ भन्नेबारेमा आधिकारिक पुष्टि भएको छैन । यो अहिलेसम्म अनुमानकै भरमा चलेको छ ।

सवाल स्कुल या अफिस खोल्नेको होस या फेरि आम मानिसलाई भेटघाटको छुट दिनेको होस । सम्झन मुस्किल छ कि यसबाट संक्रमण दरमा कत्तिको बढ्छ !

दोस्रो गम्भीर विषय यो छ कि यदि आम मानिसको रहनसहनको तरिका बदलिँदैन भने लकडाउनमा छुट नदिँदा पनि संक्रमणको दर बढ्न सक्छ ।

यसैले संक्रमणलाई नियन्त्रणमा राख्नका लागि धेरैभन्दा धेरै परीक्षण, ट्रेसिङ या लोकेशन ट्रेसिङ एप्सको प्रयोग आवश्यक देखिन्छ । यसका आधारमा आम मानिसलाई केही राहत दिन सकिन्छ भने अर्कोतिर संक्रमण दरलाई कम राख्न पनि मद्दत मिल्नसक्छ ।
संक्रमण दर अर्थात आर नम्वर के सबैभन्दा महत्वपूर्ण छ ?

कोरोना भाइरसबाट मुक्ति पाउन तीन वटा नम्वरको महत्व सबैभन्दा धेरै छ ।

त्यसमध्ये पहिलो संक्रमण दर अर्थात ‘आर’ नम्वर हो ।

दोस्रो नम्वर हो तिब्रता । यदि तपाईंलाई सामान्य लक्षण छ, धेरै तनाब दिने खालको छैन भने केही राहत महशुस गर्न सक्नुहुन्छ । तर, दुर्भाग्यको कुरा त यो छ कि कोरोना भाइरस कोभिड–१९ को अन्तिम अवस्था भने निकै घातक रहेको छ ।

अन्तिम नम्वर हो कोरोना भाइरसका संक्रमितको संख्या । लकडाउन जस्तो निर्णय हटाउने या जारी राख्ने भन्ने कुरा यो संख्याले तय गर्छ ।
यदि संक्रमणको दर धेरै छ भने लकडाउन जस्तो प्रतिबन्धमा छुट दिइएमा यसको दर निकै बढ्न सक्छ । जुन घातक हुन्छ ।

अर्थात, लकडाउनका लागि R Factor निकै महत्वपूर्ण रहेको छ ।

(यो रिपोर्ट बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स गैलाघरले तयार पारेका हुन् )

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ०१ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका