२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलापको तयारी



बुटवल । महामारीका विरुद्ध जारी लकडाउनका कारण रोकिएको एसइइ परीक्षार्थीलाई लक्षित गर्दै बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सुरु गर्न लागेको छ ।

परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका तथा घरमै रहेका विद्यार्थीलाई पढाईमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले बुटवलमा टेलिभिजन शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागिएको हो ।

परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन सुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसंगै देशभरका सबै विद्यालयहरु बन्द छन् । विद्यालय बन्द रहेका र विद्यार्थीहरु घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् । यहीँ चिन्तालाई समेत समाधान गर्नेगरि बुटवलले टेलिभिजन कक्षामार्फत विद्यार्थीहरुलाई पढाउन लागेको हो ।

बिहान १० देखि १२ बजेसम्म दुई सिफ्टमा यस्ता कक्षा सञ्चालन हुने छन् । टेलिभिजनबाट सञ्चालन हुने कक्षा र कार्यक्रमका बारेमा उपमहानगरले सार्वजनिक सूचनामार्फत विद्यार्थी र अभिभाबकलाई जानकारी गराईसकेको छ ।

परीक्षा दिने तिथि मिति समेत तोकिएर रोकिएपछि विद्यार्थीमा तनाव उत्पन्न हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । यहाँका विद्यालयमा पढाई हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उहाँको भनाइ छ ।

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यय्नरत विद्यार्थीलाई लक्षित गरेर बुटवलका दुई सामुदायिक टेलिभिजन लुम्बिनी र बुद्ध टेलिभिजनबाट उक्त कक्षाको पठनपाठन गराउन लागिएको बुटववलका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।

उहाँले शिक्षकहरुलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको शर्माले बताउनुभयो ।
जेठ १ गतेदेखि सुरु हुने शिक्षण सिकाई क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, एचपीइ, सामाजिक र ऐच्छिक विषयका रुपमा गणितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने छ ।

बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइइ परीक्षाको तयारीमा रहेका करिब चार हजार विद्यार्थीलाई लक्षित गरेर यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षार्थीहरुमा एक हजार सात सय ९८ छात्रा र दुई हजार एक सय ४५ छात्र एसइइ परीक्षार्थीका रुपमा रहेका छन् ।

वार्षिक परीक्षाको नतिजा प्रकाशन

बुटवलले २०७६ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । पूर्वप्रावि देखि ९ सम्मको परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

सबै सामूदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा ८ (नगरस्तरीय आधारभूत) सहित पूर्व प्राथमिक कक्षा देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ११ बजे

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक