२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा



काठमाडौं । अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उपचारमा संलग्न चिकित्सक, नर्स, सफाईकर्मी लगायत ३८ जनालाई क्वारेन्टाइनमा पठाइएको हो ।

अस्पतालको केही बेर अघि सम्पन्न बैठकले सबैलाई क्वारेन्टाइन गर्ने निर्णय गरेको थियो ।

न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

बालिकालाई उपचारका लागि काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिसकिएको छ । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा। सन्त कुमार दासले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : २३ बजे

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ

बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव

मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेमा आज दिउँसो तीन