२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा



काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेर खानतलासी गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान करिब ४ः४५ बजेदेखि विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित समूहका प्रमुख सञ्चालक प्रकाश मुन्दडाको निवास तथा समूहका कार्यालयमा घेरा हालेर खानतलासी थालेको हो। छापाका क्रममा गोल्छा मोडदेखि पण्डित मेघराज शर्मा मार्गसम्म प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो। सर्वसाधारणलाई समेत सो मार्ग प्रयोगमा रोक लगाइएको थियो ।

प्रहरी स्रोतका अनुसार अवैध कारोबार तथा कर छलीको आशंकामा अनुसन्धानका लागि खानतलासी गरिएको हो। यद्यपि, यसबारे जिल्ला प्रहरी कार्यालय मोरङले औपचारिक विवरण सार्वजनिक गरेको छैन।

देवनरा ग्रुपका प्रमुख प्रकाश मुन्दडा उद्योगी तथा व्यवसायी हुन्। उनी मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष पनि हुन्।

देवनरा ग्रुपले मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको छ। यसबाहेक समूहले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, बाबा आयल, हाइलाइफ चप्पल उद्योगलगायत विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्दै आएको छ। साथै साबुनसहित अन्य उद्योगमा पनि समूहको संयुक्त लगानी रहेको बताइन्छ।

 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ९ : १७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु