५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कपिलवस्तु प्रहरीचौकीमा तालाबन्दी



कपिलवस्तु । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् ।

वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् ।

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् ।

प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन । इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो ।

महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाउनुभयो । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिनुभयो ।

दुई परिवारबीच झडपमा मृत्यु
शिवराज नगरपालिका वडा नं ४ गुलरी गाउँमा दुई परिवारबीच भएको विवादपछि झडप हुँदा एक जनाको ज्यान गएको छ । खेतमा डल्लप९गाडा० लिएर गएका विषयमा शुरुमा दुई परिवारबीच गत बिहीबार विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि झडप हुँदा घाइते भएका २८ वर्षीय ओमप्रकाश यादवको गए राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको अरोपमा गुलरीका करीब ७० वर्षीय दुलारे अहिर र ४५ वर्षीय बलिकरण यादवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खरेलले बताउनुभयो ।

गाउँ नजीकैका खेतमा गाडा लगेका विषयमा सामान्य विवादपछि यादव परिवारबीच झगडा भएको शिवराज– ४ का वडाध्यक्ष सफिक अहम्मद मुसलमानले जानकारी दिनुभयो । घटनामा ६ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं