१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अब एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध, जिल्लाभित्रै चलाउने सवारी पास समेत खारेज



काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लामा समेत जान नपाइने भएको छ । शनिबारदेखि लागु हुने गरी गृहमन्त्रालयले अन्तर जिल्ला र जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको हो।

जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले बताउनुभयो ।

७७ वटै जिल्लाले जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास समेत जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको उहाँले बताउनुभयो।

काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला ओहोरदोहोर गर्न नपाइने भएको छ ।

काठमाडौं उपत्यकामा बिहीबार दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सरकारले आवगमनमा थप कडाई गरेको हो ।

कोरोना संक्रमित संख्या वृद्धि हुन थालेपछि गृह मन्त्रालयले बिहीबार उपत्यकाभित्रका तीनै जिल्लाका सुरक्षा प्रमुख, मेयरहरू, प्रमुख जिल्ला अधिकारीहरू, ट्राफिक प्रहरी प्रमुखलगायतसँग छलफल पनि गरेको थियो।

त्यसपछि, लकडाउनलाई थप कडाइ गरेर जानुपर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेको हो।

सूचना विभागको पास भएका संचारकर्मीलाई भने आवागमनमा समस्या हुनेछैन । यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सकरनर्सरफर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन, ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ। तर, तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा राख्नुपर्नेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ६ : ०० बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन