२१ भदौ २०८३, आइतबार | September 6, 2026

९ जना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो



बुटवल । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षण तथा भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणबाट थप ९ जनामा कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका ३७ बर्षिय पुरुष र बांके नरैनापुर १, ३ र ५ नम्बर वार्ड ठेगाना भएका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षका पुरुषहरुमा संक्रमण पुष्टी भएको छ ।

बांकेमा पुष्टी भएका संक्रमितहरु दक्षिण भारतबाट रेलमार्गहुंदै सिमामा आएर नेपाल भित्रिएका र स्थानीय क्वारेन्टाईनमा रहेकाहरु भएको प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले फेसबुक मार्फत जानकारी दिनु भएको छ । उहांले भारतीय रेलयात्रा कोरोनाबाट असुरक्षित भएको समेत उल्लेख गर्नुभएको छ ।

यो संगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : २९ बजे

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण