१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली चलाउन पाउने



काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका वा आइसोलेसनमा रहेका कोरोना संक्रमित भाग्न थालेपछि सरकारले कडाई गर्न थालेको छ ।

पछिल्लो समय पर्साबाट २ जना संक्रमित भागेपछि कडाई गर्न सर्बत्र माग हुंदै आएको थियो । परिणामस्वरुप पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसन वा अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली चलाउन सक्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।

बैठकले ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी कडा बनाउने पनि निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १२ : १८ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा