३ श्रावण २०८२, शनिबार | July 20, 2025

प्रमुख प्रतिपक्षी दल काँग्रेस भन्छ, – सीमा नाकामा हजारौं नागरिक आइपुगे, तत्काल देशभित्र ल्याऊ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल भारत सीमा क्षेत्रमा हजारौं नेपाली नागरिक आइपुगेको भन्दै उनीहरुको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामै थप हजारौं नेपाली भारतसँगको सीमा क्षेत्रमा आइपुगेको र तीसहित सीमामा अलपत्र नेपालीलाई नेपालभित्र आउन दिन सरकारसँग माग गर्नुभएको हो ।

कांग्रेसले हजारौं नेपाली सीमामा आइपुगेको विवरण पार्टी केन्द्रीय कार्यालयमा प्राप्त भएको दाबी जनाएको छ।

‘भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कैयौं हप्तादेखि भारत सँगको बिभिन्न सीमा नाकामा अलपत्र परेका हजारौं संख्यामा रहेका नेपाली नागरिकलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्ने सो पार्टीले माग गरेको छ।

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने भन्दै कांग्रेसले सतर्कता र उच्च मानवीय भावना साथ काम गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

‘अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात सुरक्षित रूपमा घर पुर्‍याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ३ : ३६ बजे

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित

नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ