२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

भारतीय सेना प्रमुखको आरोप,- नेपालले अरु कसैको इशारामा भारतको विरोध गर्दैछ



काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले अरु कसैको आदेशमा नेपालले भारतलाई सीमा अतिक्रमण गरेको दोषल लगाएको आरोप लगाएका छन् ।

भारतीय सेना प्रमुख नरवणेले चीनलाई संकेत गर्दै नेपाललाई आरोप लगाएका हुन् ।

नेपालको भूमि अतिक्रमण गरी लिपुलेकमा सडक बनाएको नेपालमा चर्को आलोचना भइरहेका बेला भारतीय सेना प्रमुख स्वयं अघि सरेर भारतीय कदमको प्रतिरक्षा गरेका हुन् । यसबाट प्रष्ट बुझ्न सकिन्छ कि लिपुलेक सडक भारतका लागि केवल धार्मिक एवं व्यापरिक सडक होइन, सामरिक रणनीतिक महत्व बोकेको सडक हो ।

‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ भारतीय सञ्चारमाध्यमहरुले सेनाप्रमुखलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन्।

उनी भन्छ्न, ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,’ त्यहाँको एक थिंकट्यांकले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले भने, ‘त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन।’

नेपालले अरु कसैको आदेश बमोजिम भारतको विरोध गरेको हुनसक्ने बताउँदै उनले त्यसको धेरै सम्भावना रहेको जिकिर समेत गरे।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ५ : ५३ बजे

चलचित्रको निर्माण घट्दो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या

प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने