७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विज्ञभन्छन्, – बृहत्तर लुम्बिनी अवधारणा छिट्टै पुरा हुनुपर्छ



भैरहवा । सरकारले बृहत्तर लुम्बिनीको अवधारणा कार्यान्वयनमा ल्याउने लक्ष्य लिएपछि स्वागत गरिएको छ । स्थानीय क्षेत्रमा लुम्बिनीको विकासको गति सुस्त भएका गुनासा आउन थालेपछि यो अवधारणा अघि सारिएको अनुमान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने बताउनुभएको थियो । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै शाक्यमुनि बुद्धको अष्टधातु रहेको रामग्राम गुरुयोजना कार्यान्वयन गरिने र उनले २९ वर्ष बिताएको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन पाँच हजार अट्ने क्षमताको ध्यान केन्द्र तथा सभाकक्षको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने समेत जनाइएको छ । लुम्बिनी विकास कोषले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सकारात्मक लिएको छ । विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी अवधारणाले समग्र लुम्बिनी क्षेत्रको विकास हुने बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रमा रहेका बुद्धस्थलहरुको विकासमा सरकारको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिएकामा खुशी व्यक्त गर्नुभयो ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले जापानी वास्तुकलाविद् केञ्जो टाँगेको लुम्बिनीको गुरुयोजना तथा कोरियाली प्रा क्वाकको विश्व शान्ति शहरको परिकल्पनालाई समेत अवधारणाभित्र राखेर काम गर्नुपर्ने विकास कोषले जनाएको छ । बेलायती पुरातत्त्वविद् डा एलियस फुहरर र पश्चिम कमाण्डर जर्नेल खड्गशम्शेरले सन् १८९६ डिसेम्बर १ मा पहिलो पटक ‘रुम्मिनदेई’ पत्ता लगाएका थिए । मौर्यसम्राट् अशोकले आफ्नो राज्याभिषेकको २० वर्ष इपू २४९ मा ‘लुमिनिगाम’मा आएर शाक्यमुनि बुद्ध त्यहीँ जन्मेको भनी जन्मशिला र अशोकस्तम्भ खडा गरी फर्केका थिए ।

जिल्लामा मुख्य सात बुद्धस्थल छन् । बुद्धको बाल्यकाल बितेको तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा ९निग्लिसागर०,कनकमुनि बुद्धको दरबारक्षेत्र अरौराकोट र कोशलका राजा विरुधकले ७७ हजार शाक्यलाई आक्रमण गरी हत्या गरेको स्थल सगरहवा क्षेत्रमा बृहत्तर लुम्बिनी विकास अवधारणाले सहयोग पु¥याउने नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष मनोज पौडेलले बताउनुभयो ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता शुद्धोधनलाई पहिलो पटक भेटेको स्थान निग्रोधाराम (कुदान) तथा खोजअनुसन्धान हुन बाँकी रहेका बुद्धसँंग सम्बन्धित पुरातात्त्विक क्षेत्र सिसहनिया, चेत्रादेइ, कर्मा, दोहनीकोट, धनकौली स्तूप, डेरवा, विकुलीकोट, बरइपुर औरहवा स्तूप, पत्थरदेहिया मिझौनिया, सिंहोखोर स्तूप, सिद्धिपुर डाँडालगायत दर्जनौँ क्षेत्रको विकास सरकारको आगामी नीति तथा कार्यक्रमले समेट्नुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत सुमन्तराज न्यौपानेले बताउनुभयो ।

बृहत्तर लुम्बिनी विकास कोषअन्तर्गत कपिलवस्तु, रुपन्देही र नवलपरासी क्षेत्रमा प्रमाणित भएका २३४ पुरातात्त्विक स्थल रहेको कोषले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको सार्वजनिक नीति तथा कार्यक्रममा कपिलवस्तुका बुद्धस्थलहरुको विकास हुनेमा स्थानीयवासी आशावादी छन् । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले सरकारले ल्याएको नीति तथा कार्यक्रम विश्वास गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी विकास गुरुयोजना अहिलेसम्म पूरा गर्न नसकेको सरकारले बृहत्तर लुम्बिनी अवधारणा ल्याउनु सकारात्मक भए पनि कार्यान्वयन गर्नमा कठिन रहेको बताउनुभयो ।

प्रा टाँगेको गुरुयोजनाले लुम्बिनीलाई बौद्ध तीर्थस्थल र विश्व पर्यटन केन्द्र बनाउने परिकल्पना गरेको छ । टाँगेको गुरुयोजना तीन भागमा विभाजन गरिएको छ । पवित्र उद्यान क्षेत्र, अन्तरराष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम छन् । सन् १९७८ मा तयार भएको गुरुयोजना १५ वर्षमा सक्ने लक्ष्यका साथ सन् १९८२ मा कार्यान्वयनमा आए पनि करीब ४० वर्षसम्म पूरा हुन सकेको छैन ।

बृहत्तर लुम्बिनी अवधारणा सरकारको पुरानै कार्यक्रम भएको बताउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा डा गितु गिरीले प्रतिबद्धता गरिएका कार्यक्रम पूरा गर्नमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “बुद्धले बाल्यकाल बिताएको राजदरबार तिलौराकोट र रामग्रामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने भनेको वर्षौ भइसक्यो”, संस्कृतिविद् प्रा डा गिरीले भन्नुभयो, “यस्ता कुराहरु सरकारले छिटो भन्दा छिटो पूरा गर्नुपर्छ ।”

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले लुम्बिनी क्षेत्रको विकासमा सहयोग पुग्नेमा स्थानीयवासी खुशी देखिएका छन् । लुम्बिनी होटल एशोसियसनका अध्यक्ष मिथुन श्रेष्ठले अहिलेको सरकारले लुम्बिनीको विकासलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेकामा पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा रुपन्देही
सरकारले सार्वजनिक गरकोे नीति तथा कार्यक्रममा रुपन्देहीका महत्वपूर्ण आयोजना पूरा गर्ने र नयाँ कार्यक्रम शुरु गर्ने योजना अगाडि सारिएको छ । आगामी आर्थिक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र बुटवलमा बन्दै गरेको एक हजार दुई सय जना अट्ने क्षमताको अन्तरराष्ट्रिय सभागृह निर्माण पूरा गरिने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा निर्माणाधीन नारायण– बुटवल चार लेन सडक विस्तार तीन वर्षसम्ममा पूरा गर्ने तथा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माण प्रारम्भिक अध्ययन पूरा गरी कार्यान्वयनको चरणमा जाने जनाइएको छ ।

कालीगण्डकी– तिनाउ नदी डाइभर्सन आयोजना अध्ययन सम्पन्न गरी कार्यान्वयन अगाडि बढाइने, काठमाडौँ, लुम्बिनी र पोखरा मेट्रो सञ्चालन गर्ने कुरा सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ३ : १२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल