१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सरकारले सार्वजनिक ग-र्यो कोरोना भाइरसका कारण मृत्यु हुनेको दाहसंस्कार कार्यबिधि (कार्यबिधिको पुर्णपाठ सहित)



बुटवल । कोरोना भाइरसको संक्रमणका कारण यो समाचार लेख्दा सम्म नेपालमा कसैको मृत्यु भएको छैन । तर सम्भाब्य मृत्युलाई मध्यनजर राख्दै सरकारले कोरोना भाइरसका कारण मृत्यु भएको शवको दाहसंस्कारको कार्यबिधि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको कार्यबिधि अनुसार अस्पतालले गर्नु पर्ने बिधि र दाहसंस्कार स्थलसम्म लैजांदा अपनाउने पर्ने बिधिहरु उल्लेख गरिएको छ । सरकारले जारी गरेको कार्यबिधि अनुसार शवलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ र शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्दछ ।

त्यसका साथै शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीईको प्रयोग गर्नुपर्दछ ।

शवलाई कम भन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटर लगायतका सामग्रीहरु हटाई दिनुपर्दछ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

कार्यविधिमा उल्लेख गरिए अनुसार शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ । त्यसैगरी मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट पालैपालो एक एकजनाले शव हेर्न सक्नेछन् ।

कार्यबिधिको पुर्ण पाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/April-8-2020-DEAD-BODY-Management-Protocol.pdf” title=”April 8 2020 DEAD BODY Management Protocol”]

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : १७ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७