२ बैशाख २०८३, बुधबार | April 15, 2026

सरकारले सार्वजनिक ग-र्यो कोरोना भाइरसका कारण मृत्यु हुनेको दाहसंस्कार कार्यबिधि (कार्यबिधिको पुर्णपाठ सहित)



बुटवल । कोरोना भाइरसको संक्रमणका कारण यो समाचार लेख्दा सम्म नेपालमा कसैको मृत्यु भएको छैन । तर सम्भाब्य मृत्युलाई मध्यनजर राख्दै सरकारले कोरोना भाइरसका कारण मृत्यु भएको शवको दाहसंस्कारको कार्यबिधि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको कार्यबिधि अनुसार अस्पतालले गर्नु पर्ने बिधि र दाहसंस्कार स्थलसम्म लैजांदा अपनाउने पर्ने बिधिहरु उल्लेख गरिएको छ । सरकारले जारी गरेको कार्यबिधि अनुसार शवलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ र शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्दछ ।

त्यसका साथै शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीईको प्रयोग गर्नुपर्दछ ।

शवलाई कम भन्दा कम व्यक्तिले मात्रै छुने र शवमा लागेका पाइप, केथेटर लगायतका सामग्रीहरु हटाई दिनुपर्दछ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

कार्यविधिमा उल्लेख गरिए अनुसार शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ । त्यसैगरी मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट पालैपालो एक एकजनाले शव हेर्न सक्नेछन् ।

कार्यबिधिको पुर्ण पाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/April-8-2020-DEAD-BODY-Management-Protocol.pdf” title=”April 8 2020 DEAD BODY Management Protocol”]

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : १७ बजे

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४