२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्तिम संस्कारको तयारी, सेनाको निगरानीमा आर्यघाट ल्याइयो



काठमाडौं । कोरोना भाइरसको संक्रमण मृत्यु भएको आशंका गरिएकी महिलाको अन्तिम संस्कारका लागि काठमाडौंको आर्यघाट ल्याइएको छ ।

नेपाली सेनाको निगरानीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका केही अधिकारीहरु एवं सीमित आफन्तका साथ मृतकलाई पशुपति आर्यघाट ल्याइएको हो ।

सेनाकै निगरानीमा पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मृतकको अन्तिम दाहसंस्कार गरिने बु्झिएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रष्ट भए पोष्टमार्टम गर्न नपर्ने कार्यविधि सरकारले बनाएको थियो । यस्तै, मृत्यु भएकाको अन्तिम संस्कारको निगरानी (dead body management) नेपाली सेनाले गर्ने जिम्मा पाएको थियो ।

सरकारले आधिकारिक रुपमा अहिलेसम्म उनको मृत्यु कोरोना भाइरसबाट भएको हो वा होइन भन्ने बारे आधिारिकारीक केही बताएको छैन । मृत्युको कारणबारे अनुसन्धान जारी रहेको शनिबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. दिपक देवकोटले बताउनुभएको थियो ।

तर, मृतकको दाहसंस्कारको विधि हेर्दा उनको मृत्यु कोरोना भाइरसबाटै भएको विश्लेषण गर्ने आधार धेरै नै रहेको छ ।

सरकारले ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको घभोषणा गरे त्यो नेपालको पहिलो मृत्यु केस हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ८ : ४५ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई