१८ श्रावण २०८३, सोमबार | August 3, 2026

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्तिम संस्कारको तयारी, सेनाको निगरानीमा आर्यघाट ल्याइयो



काठमाडौं । कोरोना भाइरसको संक्रमण मृत्यु भएको आशंका गरिएकी महिलाको अन्तिम संस्कारका लागि काठमाडौंको आर्यघाट ल्याइएको छ ।

नेपाली सेनाको निगरानीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका केही अधिकारीहरु एवं सीमित आफन्तका साथ मृतकलाई पशुपति आर्यघाट ल्याइएको हो ।

सेनाकै निगरानीमा पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मृतकको अन्तिम दाहसंस्कार गरिने बु्झिएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रष्ट भए पोष्टमार्टम गर्न नपर्ने कार्यविधि सरकारले बनाएको थियो । यस्तै, मृत्यु भएकाको अन्तिम संस्कारको निगरानी (dead body management) नेपाली सेनाले गर्ने जिम्मा पाएको थियो ।

सरकारले आधिकारिक रुपमा अहिलेसम्म उनको मृत्यु कोरोना भाइरसबाट भएको हो वा होइन भन्ने बारे आधिारिकारीक केही बताएको छैन । मृत्युको कारणबारे अनुसन्धान जारी रहेको शनिबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. दिपक देवकोटले बताउनुभएको थियो ।

तर, मृतकको दाहसंस्कारको विधि हेर्दा उनको मृत्यु कोरोना भाइरसबाटै भएको विश्लेषण गर्ने आधार धेरै नै रहेको छ ।

सरकारले ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको घभोषणा गरे त्यो नेपालको पहिलो मृत्यु केस हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ८ : ४५ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा