१८ श्रावण २०८३, सोमबार | August 3, 2026

धुलिखेलमा सुत्केरी महिलाको मुत्यु भएपछि सिन्धुपाल्चोकको बाह्रविसे वडा नं. ८ र ९ सिल



काठमाडौं । सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको आंशंका गरिएपछि उनको गाउँ र माइती गाउँ सिल गरिएको छ ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका वडा नं. ८ र ९ लाई सिल गरेको हो । सिल गरिएको क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । सिल गरिएको क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न र बाहिरिन निषेध गरिएको छ ।

२९ वर्षीय सुत्केरी महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

महिलाको सम्पर्कमा रहेका सबै व्यक्तिको ट्रेसिङ गरी पिसीआर परीक्षण गर्न सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । धुलिखेल अस्पताल आउनु अघि उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका कारण सो केन्द्र पनि सिल भएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासको गम्भीर समस्यासहित उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएकी ती सुत्केरी महिलाको अस्पताल पुर्याएको केही बेरमै निधन भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ०५ बजे

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि